दशैंको सातौं दिन आज विभिन्न देवी देवताका शक्तिपीठहरुमा फुलपाती भित्राइएको छ । नेपालीहरुको महानचाड बडादशै सुरुसगै आज महासप्तमीको दिन पारेर प्रत्येक बर्ष झै यस बर्षपनि फु्लपाती धुमधामका साथ भित्राइएको हो ।नवरात्रीको सातौ दिन आज शत्तिपिठहरुमा फुलपाती भित्राइएको छ ।
अर्घाखाँचीका पनि बिभिन्न मन्दिरमा आज बिधिवत रुपमा फुलपाती भित्राइएको छ । शितगंगा नगरपालिकाको वडा नम्बर ३ मा रहेको कालिका भगवतीमाइ मन्दिर ठाडामा पनि फुलपाती भित्राइएको छ । मन्दिरमा बिधिवत पुजा गरि मालश्री वाचन गर्दै बिभिन्न स्थानबाट बिधिवतरुपमा फुलपाती भित्राउने प्रचलन रहेको छ ।
आज मन्दिरबाट निस्कीएको सयौ भत्तजनहरु सहितको टोलीले फुलपाती संकलन गरेको हो । ठाडाको मन्दिरमा जम्मा भएका स्थानियहरु बाजा सहित मन्दिरबाट निस्कनेर पुजास्थलमा पुगी पुजागरि सहभागीले दिएका फुल तथा भेटीहरु फुलपाती संकलन गर्ने डोलीमा संकलन गर्ने गरिन्छ ।
फुलपाती लिन निस्केको मन्दिरको टोलीमा स्थानिय सयौको सहभागिता रहेको थियो । फुलपाती लिन जाने टोलीका कोको हुने भन्ने चलन हुँदैन तथा धार्मिक आस्था राख्ने अधिकांसहरु फुलपाती लिने समारोहमा स्वतह सहभागी हुने प्रचलन छ फुलपाती लिन एक समुह बनमा जान्छन भने एक समुह स्थानिय मन्दिरदेखि डमरु दह सम्म पुग्छ । फुलपाती लिन आएका समुहका मुख्य पुजारीले सबै सँग फुल ,दक्षिणा फल लगायतका सामाग्री संकलन गरेर डोलीमा राख्ने चलन छ । यस दिन फुलपाती दिए पछि द्धादशीको दिन सरायपात्रा सहित बिस्रजन गर्ने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । सोही अवसरमा नेनेपाल प्रहरी प्रहरीले दुर्गा मातालाई सलामी समेत अर्पण गरेका थिए ।