शितगंगा नगरपालिकाको मुख्य ब्यापारिक नाका अमराई बजारको अब्यवस्थित पार्किङको समस्या समाधान गर्न इप्रका ठाडा अग्रसर बनेको छ । बजारकै ब्यापारिहरुको गुनासो तथा दुर्घटनाको समेत जोखिम बढेकाले दिनभर सडकमै पार्किङ गर्ने सडककै जाम हुने अबस्था आउने तथा सडकनै जाम हुने जस्ता समस्या देखिए पछि प्रहरीले अहिले पहिलो पटक सुझाव दिने तथा दोहोरीएमा कारवाही गर्ने गरेको छ ।
अमराई बजारबाट नगरका बिभिन्न स्थानमा सवारीहरु छुट्ने गर्दछन ति सवारीहरु दिनभर सडकमै अब्यवस्थित रुपमा राख्दा सडक जाम तथा दुर्घटनाको जोखिम बढेको हो ।नगरपालिकाको निर्माणधिन बसपार्क समेत बजार देखि नजिकै रहेकोले धेरै समय पार्किङ गर्ने सवारीहरु उत्त स्थानमा पार्किङ गर्न जनप्रतिनिधीहरुले समेत सुझाव दिए पनि कार्यान्वय हुन सकेको थिएन ।
अहिले अस्थायी ट्राफिक पोष्ट ठाडाले सडकमा पार्किङ गर्ने सवारीमा कडाई गरे पछि सडक खुल्ला र सहज समेत भएको स्थानिय ब्यापारिको भनाई छ । स्थानियहरुले यसको निरन्तरताको समेत माग गरेका छन । अब्यवस्थित पार्किङमा कडाई गरे सँगै नियम पालना गर्नेको क्रम बढेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक दिपक बिष्टले जानकारी दिनु भयो ।






