२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

अर्घाखाँचीका गायक खनालको छड्के कपाल किन कोरेको

अर्घाखाँचीको शितगंगाका लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले तिजको अवसर पारेर मौलिक तिज गीत ूछड्के कपाल किन कोरेकोू सार्वजनिक गर्नुभएको छ। मोतिराज खनालकै शब्द र संगीतमा बनेको यस गीतमा स्वयं गायक खनाल र गायिका राधिका हमालको स्वर रहेको छ भने दिपेश बिष्ट, कृष्ण खत्री, रश्मि भुजेल र कल्पना मल्लको सहायक स्वर समावेश छ। रमेश सेन्चुरीको एरेन्ज र कृष्ण बाजुरालीको रेकर्डिङरमिक्सिङमा तयार भएको गीतको निर्देशन सुरज खनाल र कोरियोग्राफी शिवजी क्षेत्रीले गरेका हुन्।

मोडल कृष्ण खत्री र रिना गुरुङको मुख्य अभिनयमा बनेको गीतमा गीता खनाल, अस्मिता खनाल र कृष्टिना शाहको पनि अभिनय छ। ललितपुरको यूएन पार्कमा शूट गरिएको गीत युट्युब, फेसबुक रिल्स र टिकटकमा छोटो समयमै लोकप्रिय बन्दैछ।
मोतिराज खनाल दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहँदै हुनुहुन्छ । भर्खरै उहाको सार्वजनिक गरेको सुपादेवी देउरालीकी माइू भजन पनि लोकप्रिय भएको थियो। निर्देशक सुरज खनाल र मोडल रिना गुरुङको सफल सहकार्यमा यो वर्षको मौलिक तिज गीतले महिला दिदीबहिनीको मन जित्ने अपेक्षा गरिएको छ।

पुरा भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (60%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (20%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

अमराई बजारको अब्यवस्थित पार्किङमा कडाई गर्दै प्रहरी

0

यो तिजमा माइत बरिलै’

0

जाने भए जाम माया बिदेशमा पनि धेरै देशमा ट्रेन्डिङमै

0

गायिका एलिना चौहाननद्वारा सम्बन्धविच्छेदको मुद्दा दायर

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?