नेपाली कांग्रेसको (देउवा)  गुल्मीमा जिल्ला अधिवेशन कात्तिक २० गते

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै गुल्मीमा महाधिवेशन तयारीका गतिविधि तीव्र पारिएको छ। महाधिवेशनअन्तर्गत बाँकी रहेका प्रक्रिया अघि बढाउने, क्षेत्रीय तथा जिल्ला अधिवेशन सम्पन्न गर्ने र पार्टी संगठनलाई थप व्यवस्थित बनाउने निर्णय गरिएको छ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको गुल्मीले सार्वजनिक गरेको विवरणअनुसार क्षेत्रीय अधिवेशन क्षेत्र नम्बर १ को कात्तिक १५ गते छत्रकोट गाउँपालिकाको हुँगामा र क्षेत्र नम्बर २ को कात्तिक १४ गते धुर्कोट गाउँपालिकाको हुलाकेमा आयोजना हुने तय भएको छ। जिल्ला अधिवेशन भने कात्तिक २० गते तम्घासमा हुने कार्यक्रम निर्धारण गरिएको छ।
यसैगरी, जिल्लाका १२ स्थानीय तहका पालिका प्रतिनिधिसमेत सार्वजनिक गरिएको छ। जसअनुसार कालीगण्डकी गाउँपालिकामा नुमाकान्त पाण्डे, सत्यवती गाउँपालिकामा मार्कण्डेय भण्डारी, चन्द्रकोट गाउँपालिकामा डा. निर्मल राना, रुरुक्षेत्र गाउँपालिकामा नवराज बस्नेत, छत्रकोट गाउँपालिकामा योगराज कँडेल शर्मा र गुल्मीदरबार गाउँपालिकामा प्रकाश थापा प्रतिनिधि रहेका छन्।
त्यस्तै, रेसुङ्गा नगरपालिकामा भरत बस्नेत, मुसिकोट नगरपालिकामा कृष्ण थापा, इस्मा गाउँपालिकामा पृथ्वीबहादुर फौदार, धुर्कोट गाउँपालिकामा विष्णु प्रसाद अर्याल, मालिका गाउँपालिकामा पूर्ण केसी र मदाने गाउँपालिकामा श्यामलाल पराजुलीलाई पालिका प्रतिनिधि तोकिएको विवरणमा उल्लेख छ।
समितिका संयोजक वेदबहादुर थापा मगरका अनुसार पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँदै सहमति, समावेशिता र प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिइनेछ। महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै तह, क्षेत्र तथा समुदायका सक्रिय सदस्यको सहभागिता सुनिश्चित गर्ने तयारी गरिएको छ।
यसैबीच, तम्घासमा पार्टी जिल्ला सम्पर्क कार्यालय स्थापना तथा उद्घाटन गर्ने निर्णयसमेत गरिएको छ। कात्तिक ९ गते बिहान ११ः३० बजे कार्यालय उद्घाटन गरी त्यसलाई पार्टी संगठन सञ्चालन, कार्यकर्ता प्रशिक्षण, जनसम्पर्क तथा लोकतान्त्रिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको समितिले जनाएको छ।
पार्टीले आगामी दिनमा संगठनलाई थप आधुनिक, जनमुखी र लोकतान्त्रिक बनाउँदै सुदृढ पार्टी निर्माण तथा समुन्नत नेपालको अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगामा बजार अनुगमन, कमजोरी सुधार गर्न निर्देशन

छुटाउनुभयो कि ?