लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : ‘एक-एक मतको सम्मान कर्मबाट गर्नेछु’

 

अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीले मतदाताले दिएको विश्वासलाई जिम्मेवारीका रूपमा आत्मसात् गर्दै संगठन, एकता र लोकतान्त्रिक मूल्यको पक्षमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक क्षेत्रीले आफूलाई अमूल्य मत दिएर विजयी गराउने क्षेत्रीय प्रतिनिधि, क्षेत्रीय तथा पालिका-वडा सभापति, कार्यसमिति, अग्रज, साथीभाइ, शुभेच्छुक तथा समर्थकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

क्षेत्रीले भन्नुभयो- “यो विजय मेरो मात्र होइन, तपाईंहरूको विश्वास, साथ र भरोसाको सम्मान हो। प्राप्त मतलाई जिम्मेवारीका रूपमा आत्मसात् गर्दै एक–एक मतको सम्मान कर्मबाट गर्नेछु।”

नेतृ क्षेत्रीले नेपाली कांग्रेस अर्घाखाँचीको अधिवेशन शान्तिपूर्ण, भव्य र सभ्य रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निर्वाचन समिति र सम्बन्धित सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले प्रमुख निर्वाचन अधिकृत अन्जु रेग्मी लगायत निर्वाचन मण्डलले निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

त्यस्तै, नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठसहित जिल्ला कार्यसमिति, प्रदेश सभा ‘क’ र ‘ख’ का सभापति तथा सम्बन्धित कार्यसमितिहरूलाई पनि अधिवेशन सफल बनाउन गरेको योगदानका लागि क्षेत्रीले धन्यवाद दिनुभयो।

लोकतान्त्रिक प्रक्रियामा जित र हार स्वाभाविक रहेको उल्लेख गर्दै क्षेत्रीले निर्वाचनको परिणामलाई विनम्रतापूर्वक स्वीकार गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो- “तपाईंहरूले दिनुभएको माया, विश्वास र साथलाई आगामी राजनीतिक यात्राको शक्ति र जिम्मेवारीका रूपमा लिनेछु।”
आफ्ना कुनै शब्द वा व्यवहारबाट कसैको मन दुखेको भए त्यसप्रति क्षमायाचना गर्दै क्षेत्रीले अधिवेशनबाट निर्वाचित सम्पूर्ण प्रतिनिधि तथा पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनुभयो।

लामो समयदेखि नेपाली कांग्रेसको संगठन र लोकतान्त्रिक आन्दोलनमा सक्रिय क्षेत्रीको लोकप्रिय मतसहितको विजयलाई पार्टीभित्र उनको राजनीतिक प्रभाव र संगठनप्रतिको विश्वासका रूपमा हेरिएको छ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि क्षेत्रीले आगामी दिनमा संगठन सुदृढीकरण, पार्टी एकता र नयाँ पुस्ताको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्ने संकेत गर्नुभएको छ।

क्षेत्रीको प्रतिबद्धता छ- “विश्वासलाई मतमा सीमित नराखी जिम्मेवारीमा रूपान्तरण गर्नेछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

नेपाली कांग्रेसको (देउवा)  गुल्मीमा जिल्ला अधिवेशन कात्तिक २० गते

शितगंगामा बजार अनुगमन, कमजोरी सुधार गर्न निर्देशन

छुटाउनुभयो कि ?