अर्घाखाँचीमा १०.७५ किमि पक्की कुलो ३१ सय हेक्टरमा १२ महिनै सिचाँइ

 

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीले जिल्लामा सिंचाइ पुर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै उल्लेखनिय  काम गरिरहेको छ। कार्यालयले गत वर्षमा ९६ वटा सिंचाइ योजना सम्पन्न गरेको छ  । सिंचाइको पहुँच विस्तार गर्ने उद्देश्यका साथ कार्यालयले विभिन्न योजना सञ्चालन गर्दै आएको छ।

हालसम्म जिल्लामा १० दशमलव ७५ किलोमिटर पक्की कुलो तथा २ दशमलव ५ किलोमिटर पाइपलाइन निर्माण गरिएको छ। यस आर्थिक वर्षमा मात्रै थप ३५ हेक्टर जमिनमा नँया  सिंचाइ सुविधा विस्तार गरि एको छ। कार्यालयका प्रमुख भरतप्रसाद सापकोटाका अनसार अर्घाखाँचीमा कल २६ हजार ३ सय १ हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये ८ हजार ५ सय ४४ हेक्टर जमिन सिंचाइयोग्य भए पनि १२ महिना सिंचाइ सुविधा पुगेको क्षेत्रफल ३ हजार १ सय ५३ हेक्टर मात्र रहेको छ।

साथै  १ सय ५० हेक्टर क्षेत्रफलमा पानी पुर्याउने कुलोहरूको मर्मतसम्भार सम्पन्न गरिएको छ, जसबाट किसानले सहज रूपमा खेती गर्न पाएका छन । कार्यालयले नदी नियन्त्रण तथा तटबन्ध निर्माणलाई पनि प्राथमिकता दिएको छ। यस वर्ष १.५ किलोमिटर तटबन्ध निर्माण गरिएको छ। यसबाट करिब ५ किलोमिटर नदी किनारको क्षेत्र संरक्षण हुनका साथै १० हेक्टर खेतीयोग्य जमिन कटानबाट जोगिएको कार्यालयले जनाएको छ। कार्यालयले नियमित कार्यक्रम सञ्चालनसँगै आर्थिक अनुशासनमा पनि  उल्लेखनीय सफलता हासिल गरेको छ। कार्यालयमा हाल बेरुज शून्य प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

>शितगंगामा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हुँदैछ : स्वास्थ्य मन्त्री घिमिरे

छुटाउनुभयो कि ?