शितगङ्गा नगरपालिकामा छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरु

विक्रम आचार्य, शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगर पालिकामा छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शितगंगा नगरपालिकाको खेल मैदान शितगंगा १२ रजियामा सुरु भयको छ ।

नगर प्रमुख छबिलाल पौडेल को अध्यक्षता विशिष्ट अतिथि नगर उप-प्रमुख गिता भाट,अतिथी प्रशासकिय अधिकृत अर्जुन शर्मा,१४ वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य ,जिल्ला खेलकुद समिति अध्यक्ष बिष्नु क्षेत्री,ईलाका प्रहरी कार्यालय प्रमुख ऋषि राम घर्ती मगर तेक्वान्दो प्रशिक्षक प्रेम आले बिद्यालयका प्रअ तथा प्रतिनिधि,रेफ्री अफिसियल,पत्रकार आथिथ्यता साथै
खेलप्रेमी,बिद्यार्थिहरु लगाएतको व्यापक उपस्थिति रहेको थियो ।

नगर प्रमुख छविलाल पौडेलले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घघाटन गर्नु भयको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले खेल क्षेत्रले खेलाडी संगै शितगंगाको पहिचान दिनसक्ने कुरामा जोड दियका थिए ।

यस पालिका भित्र सञ्चालित १५ वटा माध्यमिक विद्यालयकाे सहभागितामा शितगंगा नगरपालिकाकाे आयाेजनामा रजिया स्थित खेलमैदानमा खेल आजबाट सुरु भएको छ। यो प्रतियोगितामा ३२५ विद्यार्थी सहभागि छन् यसमा १३ विधाका खेल हुनेछन् सबै खेल छात्र छात्रा का हुने छन् र यो प्रतियोगिता ३ दिन सम्म संचालन हुने शिक्षा तथा खेलकुद शाखा प्रमुख बिनोद पोख्रेलले जानकारी दिनुभयो।

कार्यक्रम ज्योति मा.वि.का प्रधानाध्यापक शंकर अर्यालको स्वागत मन्तव्य र शिक्षा तथा खेलकुद शाखा प्रमुख बिनोद पोख्रेलको सञ्चालनमा उद्घघाटन सत्र सम्पन्न भयको र केहि खेल सुचारु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?