अर्घाखाँचीका सांसद भुसाल संसदमा कति सक्रिय?

सङ्घीय संसद्को आधिकारिक डिजिटल अभिलेखअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसालको संसद् बैठकमा ८३ प्रतिशत उपस्थिति रहेको छ।

संसद्को ७१ वटा बैठकमध्ये भुसाल ५९ वटा बैठकमा उपस्थित भएका छन् भने १२ वटा बैठकमा अनुपस्थित रहेको संसद्को विवरणमा उल्लेख छ।त्यस्तै, भुसालले हालसम्म ८ वटा संसदीय वक्तव्य दिएका छन्।

उनका वक्तव्यहरूमा राष्ट्र ऋण उठाउने विधेयक, अर्थसम्बन्धी कानून संशोधन तथा खारेजी विधेयक, नागरिक लगानी कोष संशोधन विधेयक, सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, फोहोरमैला व्यवस्थापन विधेयक तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयकमाथिको छलफललगायत विषय समेटिएका छन्।

भुसाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य छन् भने सूचना तथा सञ्चार सम्बन्धी अध्ययन उपसमितिमा पनि सदस्यका रूपमा रहेका छन्। समिति बैठकतर्फ भने उनको उपस्थिति ६० प्रतिशत रहेको संसद्को डिजिटल विवरणले देखाउँछ—१० वटा बैठकमध्ये ६ मा उपस्थित र ४ मा अनुपस्थित रहेको पाइएको छ । सांसद भुसालको सबै भन्दाकम गत साउन महिनामा भएको संसद बैठकमा शून्य सहभागी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

नेपाली कांग्रेसको (देउवा)  गुल्मीमा जिल्ला अधिवेशन कात्तिक २० गते

शितगंगामा बजार अनुगमन, कमजोरी सुधार गर्न निर्देशन

छुटाउनुभयो कि ?