शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको दूध डेरीको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुगमन गरेको छ।

कार्यालय प्रमुख डा. प्रवेस सिंह कुँवरको नेतृत्वमा आएको अनुगमन टोलीले शितगंगा नगरपालिका–४ अमराईमा रहेको कमल दूध डेरीको अनुगमन गर्दै दूध संकलन, भण्डारण, प्रशोधन तथा बिक्री वितरणलगायतका विषयमा आवश्यक सुधार गर्न सुझाव दिएको हो।

किसानबाट उपभोक्तासम्म दूध पुग्ने क्रममा दूधको गुणस्तर र स्वच्छता कायम राख्न डेरीको महत्वपूर्ण भूमिका रहने भन्दै कार्यालय प्रमुख डा. कुँवरले दूध संकलनदेखि बिक्रीसम्म सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गर्न डेरी सञ्चालकलाई निर्देशन दिनुभयो।

केही दिनअघि शितगंगाका एक उपभोक्ताले दूध तताउने क्रममा दूध फाटेर चिप्लो तथा लहरा जस्तो बनेको गुनासो गरेपछि कार्यालयले डेरीको अनुगमन गरेको हो।

उक्त विषयमा डा. कुँवरले दूध लामो समयसम्म राख्दा तथा तापक्रम बढी हुँदा तताउँदा पनि यस्तो समस्या आउन सक्ने बताउनुभयो। सोही दिन अन्य उपभोक्ताबाट दूधसम्बन्धी गुनासो नआएकाले सबै दूध खराब भएको निष्कर्षमा पुग्न नसकिने उहाँको भनाइ छ।

उहाँले दूधको तापक्रम, भण्डारणको अवस्था र उपभोक्ताले प्रयोग गर्ने समयावधिलाई ध्यान दिन आग्रह गर्दै दूधको गुणस्तर समय–समयमा परीक्षण गर्न समेत अनुरोध गर्नुभयो।

डेरी सञ्चालक कमल आचार्यले अनुगमनका क्रममा कार्यालयबाट प्राप्त सुझाव तथा निर्देशनलाई मनन गर्दै डेरीको सञ्चालनमा आवश्यक सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो।

कमल दूध डेरीले शितगंगा क्षेत्रमा वार्षिक रूपमा किसानबाट एक करोड रुपैयाँभन्दा बढीको दूध संकलन गर्दै आएको जनाएको छ। डेरीले सरकारले तोकेको मापदण्डअनुसार किसानबाट दूध खरिद गर्दै आएको र दूधको फ्याटका आधारमा मूल्य निर्धारण गरी खरिद गर्ने गरेको सञ्चालक आचार्यले बताउनुभयो।

अनुगमनमा शितगंगा नगरपालिकाको पशु शाखा तथा कृषि शाखाका प्रमुखलगायतको पनि उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?