अर्घाखाँचीको जलुकेमा २० वर्षअघि एक महिलालाई हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। २०६० साल फागुन १३ गते साविक जलुके गाविस ६ हाल शितगंगा नगरपालिका-८ चरिंगेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गामका केशलाल घर्तीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताए। रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्वर ३ बाहिरी गाममा लुकिछिपी बसेको भन्ने प्रहरीको गोप्य सूचनाबाट थाहा भएपछि इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको इप्रका ठाडाका निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए।
सम्पर्कContact
इ-मेलः newskp425@gmail.com
विज्ञापनको लागिः ९८४७५७८३२५
थप जानकारीको लागिः ९८६१९३६०७६, ९८४७३१४६५१