२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

शितगंगा ८ का स्वास्थकर्मी घरघरमा

न्युजपाना शितगंगा,

शितगंगा नगरपालिका वडा नम्बर ८ को लाहापे आधारभुत स्वास्थ्य सेवा केन्द्रले घरदैलो कार्यक्रम सुरु गरेको छ । स्वास्थ केन्द्रका इञ्चार्ज धिरेन्द्र धामी सहितको स्वास्थकर्मी टोली वडाका बिभिन्न टोलमा घरदैलो गरेका हुन । घरदैलोमा पुर्ण खोप सुनिश्चितता , वृद्धि अनुगमन र गर्भवती महिला जाँच सुनिश्चिता सुत्केरी महिलाको उत्तर प्रसुती जाँच सुनिश्चिता क्षयरोगका सम्भावित बिरामी खोज लगायतमा बिवरण समेत संकलन तथा स्थानियलाइ सुझाव प्रदान गरिएको छ ।

घरदैलोमा वडाको जनसंख्याको लगत लिनुका साथै वडा स्तरको आधारभूत स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवाहरुको पहुँच बढाउने र दुर दराजका जनतालाई सेवाको पहुँचमा ल्याउने उद्देश्यले घर दैलो अभियान सुरु गरिएको स्वास्थ केन्द्रका इञ्चार्ज धामीले बताउनु भयो। स्वास्थकरमीहरुले खोज र खोप अभियान,नियमित तौल अनुगमन गर्नुका साथै औसत वृद्धि अनुगमनको औसत पटक बढाउनको साथै प्रोटोकल अनुसार गर्भवती जाच पुर्ण उत्तर प्रसुती जाच लगायत सेवामा दुर दराजको समुदायको पहुँच बढाउन स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविकका जनप्रतिनिधिहरुको टोलि चेतना मुलुक स्वास्थ्य सन्देश सहित जनसंख्याको लगत लिने कार्यको सुरु गरेका छन । जस अन्तर्गत आज शितगंगा नगरपालिका वडा न ०८ तिनखण्डे टोलमाविवरण लिने कार्य सम्पन्न भएको छ ।

विवरण यस प्रकार रहेको छ । पुर्ण खोप प्राप्त १६-५९ का बच्चा – १९ जना ०-२३ का बालबालिका – ७ जना सुनौलो १००० दिनका गर्भवती तथा सुत्केरी महिला -८ जना ०-५९ का बालबालिका -२१ जना १०-१९ का किशोरी -१८ जना ०-१५ का बालबालिका – ३ जना ६० वर्ष माथीका- १५ जना जम्मा जनसंख्या -२२५ जना महिला – १२१ र पुरुष -१०४ जना । विवरण संकलनको काम निरन्तर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?