AYC कप भलिबलको टाइ सीट सार्वजनिक

सन्धिखर्कमा आज बाट सुरु भएको खेलको टाइसेट सार्वपनिक भएको छ । जिल्लाका ६ वटै स्थानिय तहको खेलमा सहभागिता रहने छ । खेलमा लगातार तेस्रो पटक जित्ने समुहले शिल हात पार्ने छ शितगंगा नगरपालिकाले लगातार २ पटक जितेर यो पटक जित निकाल्दै शित तथा पुरस्कार हातपार्ने दाउमा छ । खेल २ ग्रुम मा सञ्चालन भएको छ प्रत्यक समुहबाट २ टिम सेमिफाइनलमा जाने छन ।

जिल्लाको निकै चर्चित प्रतियोगिताको रुपमा संचालन हुदै आएको प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख सम्म दिन सकिने युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए । खेलमा जिल्लाका ६ वटा पालिकाका खेलाडीहरु समाबेश हुने छन्। पालिका बाहेक २ जना सम्म बाहिरी खेलाडी सम्म थप गरि समाबेश गर्न सकिने खेल संयोजक तथा संस्थाका पुर्व अध्यक्ष कृष्ण भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?