२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार

नेपाली क्रिकेट खेलाडीको तलव मासिक एक लाख

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले क्रिकेटरलाई मासिक एक लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ । काठमाडौंको मुलपानीमा बसेको क्यानको कार्यसमिति बैठकले ग्रेड एमा परेका खेलाडीलाई मासिक एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले ग्रेटअनुसार ए ग्रेटमा हुनेलाई १ लाख बीलाई ७० हजार, सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमर्जिङ क्याटोगरिलाई २५ हजार रुपैयाँ तलब उपलब्ध गराउने निर्णय गरेको हो ।

क्यानको वर्गीकरण अनुसार ग्रेड एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् ।
ग्रेड बीमा कुशल मल्ल, गुलसन झा, भिम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् । ग्रेड सीमा बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जीसी छन् ।ग्रड डीमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सुर्य तामाङ छन् ।

इमिर्जिङ क्याटोगरीमा दिपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देब खनाल, अर्जुन घर्ति र हेमन्त धामी छन् । यस्तै महिला खेलाडीको समेत वर्गीकरण गर्दै ए ग्रेडलाई ५० हजार, बीलाई ३५ हजार, सीलाई ३० हजार, डीलाई २५ हजार र इमर्जिङलाई मासिक २० हजार तलब उपलब्ध गराउने निर्णय भएको छ ।महिलातर्फ ग्रेड एमा इन्दु वर्मा, रुबिना क्षेत्री र सीताराना मगर छन् ।ग्रेड बीमा कबिता कुँवर, ग्रेड सीमा पुजा महतो, अश्मिना कर्माचार्य र ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल छन् ।इमर्जिङ क्याटोगरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?