२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

यस्तो छ भारत र अस्ट्रेलियाको खेल इतिहास

भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइसिसी एकदिवसीय विश्वकपको महिमाको लागि आज भारत ।अस्ट्रेलिया खेल्दैछ । क्रिकेटको इतिहासमा यि दुई देशले विश्वकपमा अलगै छाप छाडेका छन् ।

सन् १९८३ मा कपिल देवको नेतृत्वमा भारतले पहिलो पटक विश्व कप जितेको थियो। अर्को २०११ मा मुम्बईमा महेन्द्रसिंह धोनीको नेतृत्वमा दोस्रो पटक विश्व कप जितेको थियो।

यता अस्ट्रेलिया विश्वकप इतिहासमा सबै भन्दा बढि सफल टिम हो हो । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७, २०१५ मा गरि ५ पटक विश्वकप जितेको छ । आज हुने फाइनलमा भारत तेस्रो पटक घरेलु मैदानमा जित निकाल्ने दाउमा छ यी दुई टिम २००३ को विश्वकपको फाइनलमा भिडेका थिए जहाँ अस्ट्रेलियाले ३ सय ५९ रनको विशाल स्कोर बनाएको थियो । भारत २ सय ३४ रनमा अलआउट भएको थियो ।

भारत र अस्ट्रेलिया यस अघि

यि दुई टोलीले एकदिवसीय क्रिकेटमा जम्मा १ सय ५० पटक आमनेसामने भएका छन् । त्यसमध्य अष्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । विश्वकपमा १३ पटक आमने सामने भएका छन् । अस्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ । यो विश्वकपमा यि दुई टोलीको पहिलो खेल भारतले जितेको थियो । अष्ट्रेलिया १ सय ९९ रनमा अलआउट हुँदा भारतले सहजै लक्ष्य पछ्यायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?