२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

बग्रका बाजे मन्दिरमा पुगे हजारौ भक्तजन

संगिता पौडेल / न्यूजपाना,शितगंगा

शितगंगाकै प्रशिद्ध बग्रका बाजे मन्दिरमा आज हजारौ दर्शनार्थी पुगेका छन । शितगंगा नगरपालिका वडा न १ मा रहेको उक्त मन्दिरमा बर्षमा तीन पटक असार , मंसिर पुर्णिमाको दिनमा र बैशाख पुर्णिामामा हरेक वर्ष विशेष पुजा हुने गर्दछ । यश स्थानमा आज जिल्ला भित्र तथा जिल्ला बाहिरका हजारौ भक्तजन पुजा गर्न पुगेका छन ।

आज अधिकारीहरुको कुलपुजा र अन्यको विभिन्न भाकलको आधारमा सयौ भक्तजन त्यहा पुग्छन । बर्षमा एक दिन मात्र भब्य पुजाहुने यस मन्दिरमा भाकल गरेको पूरा हुने बिश्वासमा विभिन्न स्थानबाट आज त्यहाँ पुग्दछन । वग्रकाबाजे मन्दिर पुगेका भक्तजनहरु राजारानी गुफाको समेत अवलोकन गरेका छन यी दुबै स्थान वडा नम्बर एक का प्रमुख प्रर्यटकिय गन्तव्य हुन ।

शितगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मान बहादुर सिंजापतीले प्राप्त बजेटको अभावमा प्राप्त प्रचार प्रसार तथा निर्माणका काम हुन नसक्दा महत्वपुर्ण स्थल ओझेलमा परेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?