बिक्रम आर्चाय न्युजपाना
गच्छे भालुवाङ बाटो स्तर उन्नतीको काम गुणस्तरीय काम नभएको स्थानियको गुनासो गरे पछि नगर प्रमुख छविलाल पौडेल, प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्मा , लगायत प्राबिधिक सहित सो क्षेत्रको अनुगमन भएको छ । अनुगमको क्रममा नगर प्रमुख छविलाल पौडेलले वाटोमा प्रयोग भएको ग्रावेल गुणस्तरिय नदेखिएकोले दिर्घकालिन र टिकाउ बनाउन ल्याप रेस्ट गरेर रिपोर्ट शितगंगा नगरपालिकामा जानकारी गरेर मात्र सामाग्री प्रयोग गर्न सम्बन्धित साइट प्राविधिक लाई निर्देशन दिनु भएको छ ।
अनुगमनकै क्रममा शितगंगा नगर पालिकाका प्रमुख प्रसासकीय अधिकृत अर्जुन शर्माले शितगंगाको सबै योजना गुणस्तरिय र टिकाउ बन्नु पर्ने यसमा नगरपालिका अनुगमन नियमन गर्न प्रतिवद्ध रहेको बताउनु भयो । ग्रावेलमा गुणस्तिरिय नभएको गुनासो रहेकोले प्राबिधिक जाँच गराएर काम गनए शर्माले अनुरोध गर्नु भयो साथै नगरपालिकाका प्राबिधिकहरुलाई समेत नियमित अनुगमन गर्न निर्देशन गर्नु भयो । आफुलाई गुणस्तरिय नलागेको ल्याप टेस्ट गरेर मात्र प्रयोग गर्नुपर्ने र टिकाउ होस भन्ने चाहाना रहेको वडा नं। ६ का वडा अध्यक्ष ऋषि रेश्मीले बताउनु भयो ।
बाटोको निगमन अनुगमन निरन्तर भै राखेको यस ग्रावेलको ल्याप टेस्ट भै सकेको छ ल्याप टेस्टको रिपोर्ट नगरपालिकामा पठाएर काम गरिने साइड प्राविधिक आकाश थापाले वताउनु भयो ।
गुनासो पछि नगरप्रमुखले सडक अनुगमन
प्रतिक्रिया