शितगंगा नगरपालिकामा यसै पनि कर्मचारी अभाव छ हरेक शाखा कनिष्ठ कर्मचारी कर्मचारीले शाखा चलाइ रहेका छन । शितगंगा नगरपालिकाका महत्वपुर्ण शाखा आशिर्वादका आधारमा प्रमुख बनेका छन तर शितगंगा नगरपालिकाका पुर्व जनप्रतिनिधी प्रमुख प्रशासकीय अधिकृतको सरुवामा लागि पर्थे तर अहिलेका मेयर र एक शाखा प्रमुख भने शितगंगा नगरपालिककै पुराना कर्मचारी सरुवाको खेलमा लागेका छन ।
शितगंगा नगरपालिकाका नासु ओम प्रकास पाण्डेको सरुवामा लागेका एक कर्मचारीले भने सरुवा फिर्ता भए पछि हावा खाएका छन । नगरपालिकाकै मेयर लगायतले सरुवा गर्न भनि लागि परे पनि गत भदौ १९ गते पाण्डेको सरुवा भएको थियो । बदनियत पुर्ण तरिकाले गरेकाे सरुवा अहिले सामान्य प्रशासनले रद्ध गरेर काजमा शितगंगमै खटाएको छ । पाण्डे नगरपालिकाकै पुराना र अनुभवि कर्मचारी हुन उनको सरुवा गर्न मेयर नै लागि परेकाे श्रोतको दाबि छ । यता पाण्डेले भने ब्यतिगत रुपमा प्रतिसोध साधेर यस्तो गरेको धारणा राखेका छन ।