२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

अर्घाखाँचीमा १४२ HIV संक्रमित

संगिता पौडेल न्युज पाना शितगंगा , आज ३६ औँं विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष डिसेम्बर १ तारिखका दिन मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’ तय गरिएको छ।
यस वर्षको विश्व एड्स दिवसको नाराको मूख्य उद्देश्य विश्वव्यापी रुपमा एड्सलाई अन्त्य गर्न समुदायलाई नेतृत्व प्रदान गरी उनिहरूलाई नै सहभागि गराउनु रहेको छ। अर्थात् यस वर्षको विश्व एड्स दिवसको नाराले विगतका वर्षहरूमा देखिएको एचआइभी एड्सबाट सङ्क्रमित तथा मृत्युको भयावह स्थितिलाई ध्यानमा राखी सन् २०३० सम्ममा विश्वबाटै एड्सलाई अन्त्य गर्न समस्त समुदायलाई अगाडि सार्ने सन्देश दिएको छ।
अर्घाखाँची जिल्लामा १४२ जना एचआइभी सङक्रमित बिरामी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । ग्लोबल फन्ड, सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सन्देश सहयोग समुह ले दिएको आँकडा अनुसार जिल्लामा जुन २०२३ सम्म उक्त सङ्ख्याका बिरामी उपचारमा रहेका छन ।
अर्घाखाँचीमा ग्लोबल फन्ड, सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सन्देश सहयोग समुह ले दिएको आँकडा अनुसार जिल्लामा जम्मा १४२ जना एचआइभी सङक्रमित भएपनि १२६ जनाले मात्र जिल्ला अस्पताल अर्घाखाँची बाट औसधि सेवन गरिरहेका छन भने अन्य १६ जनालअन्य बाहिरी जिल्लाबाट औसधि सेवन गरिरहेका छन । जिल्ला बाट औसधी सेवन गरेका १२६ मध्ये ६२ जना पुरुष र ६४ जना महिला रहेका छन । अर्घाखाँचीमा एचआइभी बाट ३४ जनाको ज्यान गएको छ ।
त्यस्तै सन्धिखर्क नगरपालिकामा ४८ जना एचआइभी सङ्क्रमित रहेका छन । जस मध्ये ३७ जनाले जिल्ला बाटै औसधि सेवन गरिरहेका छन भने बाँकि ११ जनाले जिल्ला बाहिर बाट औसधि सेवन गरिरहेका छन ।
शितगंगा नगरपालिकामा २९ जना एचआइभी सङ्क्रमित रहेकोमा १८ जनाले जिल्लाबाट औसधि सेवन गरिरहेका छन भने ११ जनाले जिल्ला बाहिर बाट औसधि सेवन गरिरहेका छन । भुमिकास्थान नगरपालिकामा जम्मा १७ जना एचआइभी सङ्क्रमित रहेका छन । जस मध्ये १३ जनाले जिल्ला बाटै औसधि सेवन गरिरहेका छन भने बाँकि ४ जनाले जिल्ला बाहिर बाट औसधि सेवन गरिरहेका छन
पाणिनि गाउँपालिकामा जम्मा १३ जना एचआइभी सङ्क्रमित रहेका छन । सङक्रमित १३ जनाले नै जिल्ला बाटै औसधि सेवन गरिरहेका छन । त्यस्तै भुमिकास्थान नगरपालिकामा जम्मा १७ जना एचआइभी सङ्क्रमित रहेका छन । जस मध्ये १३ जनाले जिल्ला बाटै औसधि सेवन गरिरहेका छन भने बाँकि ४ जनाले जिल्ला बाहिर बाट औसधि सेवन गरिरहेका छन ।
त्यस्तै मालारानि गाउँपालिकामा जम्मा ३२ जना एचआइभी सङ्क्रमित रहेका छन । जस मध्ये २८ जनाले जिल्ला बाटै औसधि सेवन गरिरहेका छन भने बाँकि ४ जनाले जिल्ला
बाहिर बाट औसधि सेवन गरिरहेका छन । त्यस्तै छत्रदेव गाउँपालिकामा जम्मा २५ जना एचआइभी सङ्क्रमित रहेका छन । जस मध्ये २५ जनाले नै जिल्ला बाटै औसधि सेवन गरिरहेका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?