न्युजपाना शितगंगा मंसिर १४ / कपिलबस्तुको बुद्धभुमि नगरपालिकामा आजदेखि दोश्रो कृषि, उद्योग, तथा पर्यटन महोत्सव सुरु हुँदैछ । स्थानीय उत्पादनको प्रचार, प्रसार र प्रवद्धनमा टेवा दिने उदेश्यले होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुको आयोजनामा आजबाट महोत्सव सुरु हुन लागेको हो । महोत्सवको नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचायले उद्घाटन गर्ने कार्यक्रम छ ।
होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुको आयोजनामा हुने महोत्सवमा १ सय २० स्टल रहने छन् । महोत्सवबाट संकलन भएको रकमले स्थानीय क्षेत्रको ब्यापार प्रवद्धन, अरु सामाजिक र मानवीय कार्य गर्ने बताइएको छ । महोत्सवको आकर्षणमा स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान, डान्स आइडल, स्थानीय र राष्ट्रिय कलाकारको दैनिक प्रस्तुति लगायत रहेका छन महोत्सवमा नारायणी फेयर एक्जिवेसन नेपालको ब्यवस्थापन बुद्धभुमी नगरपालिका संरक्षक रहेका छन ।
महोत्सवमा बद्रि पंगेनी । पशुपति शर्मा ,पुस्कल शर्मा रमेशराज भट्टराई,प्रिती पाश्वान ,ज्योती मगर ,ढाकाराम पौडेल लगायतका बिभिन्न कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
विहान ११ बजेदेखि ईलाका प्रहरी कार्यलय गोरुसिंगेदेखि बाजागाजा, झाँकीसहितको वृहत् प्रभातफेरि निकाल्ने दुई दर्जनबढी संघसंस्थाको सहभागितामा साँस्कृतिक झाँकी निकालिने अध्यक्ष लेखनाथ घर्तीले जानकारी दिए ।
यस्तै दोस्रो बुद्धभुमी डान्स आइडलको समेत तयारी अन्तिम चरणमा पुगेको डान्स आइडल ब्यवस्थापक सुमन पौडेलले जानकारी दिए ।डान्स आइडलमा १८७ जनाले सहभागीताका लागि फारम भरेका छन जसमध्येबाट अडिसन गरि छनोट हुने पौडेलले बताए । डान्स आइडल विजेतालाई ४० हजार, उप विजेतालाई १५ हजार र सान्तोनालाई ५ हजार नगद र प्रमाण पत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।