रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । यस्तै अदालतले ८ जनालाइ सफाइ दियो । मुद्दाको आज फैसला भएको हो ।
२०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज र उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिट गरेर गरी सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियो ।