अराज बेल्बासे जेष्ठ २३ अर्घाखाँची / शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले नगरपालिकाको न्युन स्रोत साधनलाइ प्राथमिकताका क्षेत्रमा बार्षिक बजेट मार्फत काम गरिएको बताउनु भएको छ । नागरिकका अपेक्षा समयमा सम्झौता र रकम निकासाको छ तर सरकारले दिने बित्तिय समानिकरण अनुदानको अन्तिम किस्ता अनुदान रोकिंदा नागरिकलाई पालिका प्रति निराशा बनाएको बताउनु भयो । संघ र प्रदेशको अन्तिम किस्ता रोकिदा नागरिकहरुले काम सक्दा समेत भुत्तानी गर्न नसक्दा नगरपालिकाले काम गरेर पनि भुत्तानी दिएन भन्ने भ्रम र स्थानिय सरकार र जनताको सम्बन्ध टाडा हुने गरेको बताउनु भयो ।
नगरपालिकाले बिभिन्न ५ क्षेत्रको आधार मानेर बजेट तुजुमा भएको बजेटको क्षेत्र बिषयगत शाखा र वडा गत रुपमा कार्य सम्पादनमा भहिरेको बताउनु भयो । नगरपालिकामा पुर्वाधारमा धेरै प्राथमिकता रहेको र त्यस पछि शिक्षा स्वास्थमा प्राथमिकता रहेको बताउनु भयो । यो बर्ष सितगंगामा ३५० बढी पुर्वाधारका योजना रहकोमा आधा भन्दा बढी भुक्तानि भए पनि अबका योजनाको रकम प्राप्त नभएकोले समस्या रहेको बताउनु भयो ।
कृषि पशुमा उत्पादनमा आधारित अनुदानमा समेत एक किस्ता मात्र रकम उपलब्ध गराएको बताउनु भयो अन्य केही कार्य समेत बजेट अभावमा केही सम्पन्न भएका र बाँकी रहेको र असार सम्मा सक्ने तयारी रहेको बताउनु भयो अहिले सम्म शितगंगा नगरपालिकामा पुँजीगत ५० प्रतिशत र समग्रमा ६० प्रतिशत बजेट खर्च भएको र असार सम्मा त्यो बढने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनु भयो ।
स्थानिय सरकार सञ्चालय ऐनले दिएका अधिकारमा रहेर राजस्व संकलन भइरहेको र भुमीकर,घरकर र ठुलो राजस्वमा बालुवा ढुंगा रहेको र यो बर्ष २ करोड बराबरको राजस्व संकलन भएको र सबै खोला समेत ठेक्कामा नजाँदा राजस्व संकलनमा केही कमी भएको बताउदै करिव ३ करोड अनुमान रहेकोमा करिव २ करोड राजस्व संकलन भएको बताउनु भयो ।
नगरपालिकाको आन्तरिक आम्दानी आर्थिक बिकास र सामाजिक क्षेत्रमा र उत्पादनमा आधारित अनुदान लाई प्राथमिकतामा रहेको छ । नगरपालिकाले महिला तथा सिकाइ लक्षित बिभिन्न तालिम सञ्चालन गरेको छ यसबाट महिला आत्मनिर्भर बनाउने लक्ष्यका साथ सबै वडामा बिभिन्न शिपमुलक तालिम सञ्चालन गरिएको छ साथै आगामी बर्ष सुरक्षित आप्रवासन कार्यक्रम समेत सुरु गरेर बैदेसिक रोजगारका ठगिहरु रोक्न प्रयास गर्ने तयारी रहेको शर्माले बताउनु भयो ।
नगरपालिकाले नगरका प्रमुख योजनाको रुपमा ५ वटा सडकमा काम गरिरहेको छ जसमा ३ वटा सडक कालोपत्रे भइरहेको छ भने अन्य स्तरउन्नतीकाम भइरहेको छ । ठुलो भुलोग भएकोले प्रत्येक वडामा प्राबिधिकहरुले अनुगमन गर्ने साथै वडा स्तरिय अनुगम समिति ,नगरको अनुगमन समिति तथा उपभोत्ता समिति गठनमै स्थानियको योजना अनुगमन समिति हुने गरेकोले हरेक नियकायबाट अनुगमनको काम भइरहेको र नागरिककम समेत गुनासका आधारमा समेत अनुगमन गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनु भयो ।