२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

खेम सेन्चुरीले टिपेको हरेक घरघरको कथा “तल्लोबाटो”

अराज बेल्बासे न्युजपाना अर्घाखाँची
खेम सेन्चुरी पछिल्लो समय समाजका पिडा बाध्यता र अवस्थालाई जस्ताको त्यस्तै सागिंतिक रुपमा पस्केर धेरैको मनामा बसेका सर्जक तथा गायक हुन । अहिलेका निकै ब्यस्थ र धेरै दर्शक स्रोताले रुचाएका सदावहार कलाकार हुन उनि । खेम सेन्चुरीका हेरक गितमा दर्शकको माया छ । झ्यालमा पर्दा छ ,सोचझै जिन्दगी रैनछ , माइली , फुल हजार,कामी दाइको छोरो जस्ता दजनौ गित नेपाली सांगितिक आकासमा चम्किएका तारा खेम सेन्चुरीका छन । पछिल्लो समय रहरले हैन मायालु गित खेम सेन्चुरी र सुनिता बुढाको स्वर तथा सर्जक नेत्र अर्यालको शब्दमा बजारमा आएको गितले धेरैका आँशु बगायो ।

देशमा अहिले हरेक घरघरले भोगिरहेका पिडा उत्त गितले बोल्यो हरेक ब्यतीले यो गितमा आफ्नै घटना कल्पना गरेर भक्कानिए प्रदेशमा भएका दाजुभाइर्, दिदिबहिनी देखी प्रदेशमा परिवार रहेका नेपालका हरेक नागरिकलाई यो गितले कट्क्क पार्यो उत्त गितमा रहेको शब्द “बा आमाको काख छोड्दै छु हजार पाउन लाख छोड्लै छु” , “समयले एक्लै पार्यो धनको अघि माया हार्यो” , “देउरालीमा फुल चढाए म फर्कुनजेल मन अडाए” , पुर्वको घाम पश्चिम सर्छ तिमि आउन्जेल बैस मर्छ जस्ता निकै दर्द भरिएका शब्दले हरेको मनमुटु छोयो यो गितले हरेक नेपालीको मात्र है देशको बिग्रदो अबस्थालाई समेत संकेत गरेको छ नेपालमा भबिश्य नदेखेर हाल हरेक दिन हजारौ नेपाली बिदेशिन बाध्य छन ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा कुल ८६ लाख व्यक्तिले आफ्नो योग्यता र सीपअनुरूप रोजगारी पाएका छैन यति ठुलो जनसख्या बेरोगजार छ । १० वर्षमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन । गत वर्ष मात्रै ६ लाख ३० हजार ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए यो सख्या चोरबाटो र तल्लोबाटो भएर जाने नेपालीको बाहेक हो । उत्त गितले बिदेशिन बाध्य नेपालीको कथा बोेल्यो र अहिले पुन खेम सेन्चुरी र नेत्र अर्यालकै सहकार्यमा बिदेशमा बिभिन्न माध्यमबाट जानेहरुले भोगेका पिडा सहितको कथालाई समेत तल्लोबाटो बोलको गित बजारमा आएको छ ।
यो गितले तल्लोबाटो अथात गैरकानुनी अबैधानीक बाटो भएर अमेरीका ,युरोप लगायतका देशमा जान बाध्य नेपालीको कथालाई बोलेको छ । घरको आर्थिक अबस्था राम्रो नहुँदा ऋण गरेर ठुलो आसा बोकेर हिडेका नेपालीले महिनौ दुख कस्ट गरेर कहिले भोकै कहिले ज्यान जोखिम राखेर कहिले जेल पर्दै पनि आशा नमारि अमेरिका पुगेका युवाको अबस्था गितले बालेको छ यो अबस्थामा अन्य देश जानेहरुको पनि छ । यो गितका प्रस्तुत गरेको गित यस गितका प्रस्तुत कर्ता रहेका रबि घायलले देखेको भोगेको कथाकै आधारमा तयार गरिएकोे गितमा जानकारी गराइएको छ ।
मानव तस्करहरुले बढाइ चढाई देखाएको सपनालाई सत्य सम्झेर ४० देखि ७५ लाख रुपियाँ खर्च गरेर, ज्यानको माया मारेर, बर्षौ लगाएर अमेरिका पुगेर पनि दुखकष्टमा परेका धेरै उदाहरण छन त्यसैले पनि गलतबाटोबाट बिदेशिने युवालार्य सन्देश समेत यस गितले दिएको छ । खेम सेन्चुरी र शान्तिश्री परियारको स्वर र्जिक नेत्र अर्यालको शब्द गितको भिडियोमा मौषम हिमालीले निर्देशन गरेका छन ।यो गित केहि दिन अघि सुभारम्भ डिजिटल म्युजिक युट्युव च्यानलबाट गित सार्वजनिक भएको छ ।

भिडियो हेर्न यहाँ जानुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (25%)
  • दुःखी (50%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?