न्युजपाना २०८३ जेठ १
शितगंगा नगरपालिकाको बजेट अधिवेशन प्रारम्भ भएको छ नगर प्रमुख छविलाल पौडेले सभामा नीति तथा कार्यक्रम पेश गर्नु भयो । सभामा प्रमुख पौडेलले यस आर्थिक बर्षमा सञ्चालन भइरहेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताउनु भयो । गौरवका सडकसहित अधिकांश पूर्वाधार निर्माण सम्पन्न हुने चरणमा पुगेका थप सडकमा ग्राभल, कालोपत्र र ढलान कार्य भइरहेको बताउनु भयो ।
वडा कार्यालय तथा विभिन्न सार्वजनिक भवनहरू निर्माण सम्पन्न भई सेवा प्रवाह सुरु भएको , सिंचाइ, कुलो तथा अन्य पूर्वाधार विकास कार्यहरू उल्लेखनिय रुपमा सम्पन्न भइरहेका केहि क्रमागत रुपमा निर्माण भईरहेका , घुम्ती शिविर मार्फत सेवा प्रवाह, कृषि तथा पशु प्रवर्द्धन कार्यक्रम, खोप सेवा, निःशुल्क औषधी वितरण, अल्ट्रासाउन्ड सेवा, शिक्षा सुधार तथा विद्यालय समायोजन जस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भएका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र तथा सीप विकास तालिम कार्यक्रम विस्तार गरिएको छ।
त्यसैगरी महिला बालबालिका, युवा दलित जनजाती, अपाङ्गको क्षेत्रमा समेत क्षमता विकास तालिम, कानून निर्माण लगायतका कामहरु भइरहेको छ कृषि उत्पादन अभिवृद्धिका लागि नमुना कृषि फार्म स्थापना गरी कृषक पाठशालाको रूपमा विकास गरिएको नगर प्रमुख छबिलाल पौडेलले बताउनु भयो ।
यस्तै आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पौडेलले कृषि खेति उत्पादन प्रवर्द्धन ,शितभण्डार सञ्चालन तथा कृषि तथा पशु सेवा केन्द्र मार्फत ल्याव सञ्चालन गर्ने आगामी बर्षको नीति तथा कार्यक्रममा समावेस गरिएको छ । नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउन बाहिर निर्यात गर्ने पशुपंक्षीमा निशुल्क खोप तथा पशु उपचार शिबिर सञ्चालन गर्ने गोठ सुधार नश्र्ल सुधार भकारो सुधार कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम लाई निरन्तरता दिने नीति कार्यक्रममा समावेस गरिएको छ ।
नगरपालिकाका प्रर्यटकिय क्षेत्रको संघ प्रदेस सरकार सँग समन्वय गरि धार्मिक एवम पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको नगर प्रमुख पौडेलले प्रस्तुत गर्नु भयो । निशुल्क १२ सम्म शिक्षालाइ प्रभावकारी बनाउने शिक्षामा गुणस्तर सुधार र शिक्षामा बजेट वृद्धि गर्ने योजना नगरपालिकाको रहेको छ ।बिद्यालय तथा स्वास्थ सस्थामा इ हाजिर सञ्चालन गर्ने पुर्णखोप,सुरक्षित मातृत्व,जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको घरमै स्वास्थ्य परिक्षण विपन्न परिवार र स्वास्थ स्वयमसेविकाको निशुल्क विमा लाई निरन्तरता दिने भएको छ ।

समुदायका लिफ्ट खानेपानी मोटर मर्मत मा ५० प्रतिशत र बिजुली विलमा ७५प्रतिशत अनुदान निरन्तरता दिइने छ । नगरपालिकाका ४ वटा गौरवका आयोजनालाइ प्राथमिकता दिने र कालोपत्रे योजनालाइ अघि बढाउन केन्द्र सरकार र प्रदेश सँग बजेट माग गर्ने योजना समाबेस गरिएको छ ।
नगरपालिकाले पहिलो पटक कर्मचारी कार्यसम्पादनमा दण्ड र पुरस्कार प्रणाली लागू गरिने भएको छ । जनगुनासो समाधानका लागि द्रुत गुनासो सुनुवाइ प्रणाली स्थापना गर्ने योजना अघि बढाइएको छ ।
यस्तै नगर उपप्रमुख गीता भाटले चालू आर्थिक बर्षमा मुख्प गौरवका सडक योजनाहरु वर्षायाममा खसेका पहिरो हटाउने र मर्मत गरि बाह्रै महिना सञ्चालन गर्न मेसिन प्रयोग गरि मर्मत कार्यको भुक्तानी सम्बन्धि निर्णय पेस गर्नु भएको थियो विभिन्न १० वटा योजनामा सो रकम भुक्तानी गर्न लागिएको हो ।
यस्तै खरको छानो मुक्त कार्यक्रम अन्तरगत रु ४० हजारका दरले १७९ जनालाइ रकम भुक्तानी गरिएको बिवरण समेत सभामा पेस गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले प्रस्तुत नीति तथा कार्यक्रमको अध्यन गरि बजेट निर्माणका लागि सुझाव पेस गर्न सभाका सदस्यहरुलाइ अनुरोध गर्नु भयो ।






