२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

विक्रम आचार्य शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको महिला वालवालिका जेष्ठ नागरिक शाखाको आयोजनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तरगत एक दिने अन्तरकृया कार्यक्रम शितगंगा नगरपालिका वडा नं. ६ को वडा कार्यलय को सामुदायिक भवन देउरालीमा सम्पन्न भएको छ । महिला हिंसा अन्त्यको सुनिश्चितता महिला र वालवालिकामा लगानीको एक्यवद्धता भन्ने मुल नारा सहित विभिन्न क्षेत्रका महिला अगुवा , महिला स्वास्थ्य स्वयमसेवीका , महिला सहकारीका प्रतिनिधी , वाल विकाश सहजकर्ता, जनप्रतिनिधी , सुरक्षाकर्मि , राजनितिक दल तथा पत्रकारको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्माको विषेश आतिथ्यता वडा नं. ५ का वडा अध्यक्ष चन्द्र मणि वेल्वासे वडा नं ६ का वडा अध्यक्ष ऋषि रेश्मी वडा नं. ७ का वडा अध्यक्ष देविराम घिमिरे इलाका प्रहरी कार्यलय ठाडाका प्रमुख ऋषिराम घर्तिमगर र कार्यपालिका सदस्य तथा वडा सदस्य हरुको आथिथ्यता रहेको थियो । प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्मा र इलाका प्रहरी कार्यलय ठाडाका इन्चार्ज ऋषिराम घर्तिमगर प्रसिक्षकको भुमिकामा रहनु भएको थियो ।

प्रतिक्षणात्मक मन्तव्य राख्दै प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्माले लैङ्गिक हिंसा सम्बन्धी लैङ्गिक अवधारणाको विषयमा विभिन्न शिर्षकमा रहेर प्रष्ट पार्दै शितगंगाको कार्यन्ययन र कार्ययोजना को विषयमा पनि प्रष्ट पार्नुभयो । साथै इलाका प्रहरी कार्यलय ठाडाका प्रमुख ऋषिराम घर्ति मगरले लैङ्गिक हिंसा विरुद्धका कानुनी व्यावस्थाको वारेमा विभिन्न बुदामा रहेर सविस्तार जानाकारी गराउनु भयो । कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेवीकावाट लक्ष्मी पौडेल वालविकाश सहजकर्ता वाट गिता पौडेल शहकारीको प्रतिनिधित्व गर्दै उमा भाट राजनितिक दलबाट राधा आचार्य कार्यपालिका सदस्य गंगा थापा वडा नं. ५ का वडा अध्यक्ष चन्द्रमणि वेल्वासेले मन्तव्य राख्नु भयको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता कार्यक्रम टोल वस्तीमा पुर्यायमा सचेतना फैलाउन सुझाव दिएका थिए ।

कायक्रमको समापन गर्दै नगर प्रमुख छविलाल पौडेलले यो शन्देस नगरको दुर दराज सम्म पुर्याउन नगरपालिकाले जोड दिने र सून्यमा पुर्याउने यो कार्यक्रमले लैङ्गिक हिंसा सुन्यमा पुर्याउन कोसेढुङ्‌गा सावित हुने बताउनु भयो । कार्यक्रम नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमा पाण्डेको संचालनमा सम्पन्न भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?