महिला सञ्चारकर्मीहरुका लागि क्षमता वृद्धि तालिम सम्पन्न

न्यूजपाना , शितगंगा

शितगंगा नगरपालिकामा जिल्लाका महिला सञ्चारकर्मीहरुका लागि १ दिने क्षमता वृद्धि तालिम सम्पन्न भएको छ । शितगंगा नगरपालिकाको सहयोगमा कमल पोखरी युवा क्लबको आयोजना तथा न्युज पाना मिडिया प्रा.लि.को सहजिकरणमा सञ्चलालित कार्यक्रममा जिल्लाका बिभिन्न मिडियामा कार्यरत ३२ जना महिला सञ्चारकर्मी सहभागी रहेका थिए । तालिमले न्युनतम आचार सहिंता बारेमा सिकाइ भएको र छोटो समयमै उत्कृष्ट सिकाइ अनुभव भएको बताउदै महिला लक्षित यस्ता कार्यक्रमहरु नगरपालिकाले निरन्तर प्रदान गर्नु पर्ने सहभागि सरस्वती पुरीले बताउनु भयो ।

पत्रकारिता क्षेत्रमा महिलाको सक्रियता बलियो बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नगर उपमेयर गीता भाटले जानकारी दिनु भयो । सञ्चार क्षेत्रमा लागेका महिलाको अबस्था र सकृयताको बारेमा यो तालिमबाट जानकारी प्राप्त भएको र सञ्चार क्षेत्रमा महिलाले आवाज बिहिन समु्दायको आवाज ल्याउन यो तालिकले सहयोग गर्नेमा आशावादी रहेको उपमेयर भाटले जानकारी दिनु भयो ।

नगर प्रमुख छबिलाल पौडेलले महिला क्षेत्रको बिकासको लागि नगरपालिकाले निरन्तर सहयोग गरिरहेको बताउदै नगरको बिकास अबस्थाको बारेमा महिला पत्रकारले सुझाव दिन र समाचार उठान गर्न अनुरोध गर्नु भयो ।

यस्तै प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य बिजुला रायमाझीले अहिले पनि महिला सहभागिता ३३ प्रतिशतकै आधारमा हुन नहुने र सकृयताको आधारमा हरेक क्षेत्रमा समान सहभागितामा महिला सकृय हुनु पर्नेमा जोड दिनु भयो । महिला सञ्चारकमीहरुले कलमको माध्यकबाट महिला हिंसा उत्पिडनका आवाज बुलन्ध गर्नु पर्ने बताउनु भयो तालिममा महिला शशत्तीकरण , पत्रकारिता आचार सहिता महिला र सञ्चार लगायतका बिषयमा प्रक्षिक्षक हृदय भुसाल मधु श्रेष्ठ बिजुला रायमाझीले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा , योजना अधिकृत नुमलाल खनाल लगायतको उपस्थितमा कार्यक्रममा सचिन बोहराको अध्यक्षता , बिक्रम आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?