२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

शितगंगाका शिक्षक आन्दोलन गर्न काठमाडौ गए

सरकारले संसदमा पेश गरेको विद्यालय सम्बन्धी शिक्षा विधेयक २०८० बिवेदकारी रहेको भन्दै शिक्षकहरु आन्दोलित छन देशभर बाट काठमाडौमा जम्मा भएर शिक्षकले आन्दोलन गरिरहेका छन शितगंगा नगरपालिकाबाट समेत शिक्षक आन्दोलनमा सहभाग हुन काठमाडौ प्रस्तान गरेका छन

संविधानको धारा ८ अनुसार स्थानीय तहको एकल अधिकारमा आधारभूत र माध्यामिक शिक्षा पर्ने उल्लेख गर्दै विधेयकले स्थानीय तहको अधिकार खोस्ने दाबी स्थानय तहहरुको समेत छ ।सरकारले संघीय शिक्षा ऐन अविलम्ब तर्जुमा गर्नुपर्ने पनि उनीहरुले उल्लेख गरेका छन् ।

खारेज भइसकेका जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग ब्यूँत्याउने कुरा संघीयताविपरीत भएको उनीहरुको ठहर छ । ‘संविधान र संघीयता विपरीत विद्यालय शिक्षालाई पुनः केन्द्रिकृत गर्नृ मनशायले स्थानीय सरकारको अधिकारमा अंकुश लगाउने गरी ल्याउन खोजिएको विद्यालय शिक्षा ऐन स्थानीय सरकारका लागि मान्य नहुने भन्दै नगरपालिका महासंघले पनि बिरोध गरेको छ ।

नेपाल शिक्षक महासंघले आजदेखि अनिश्चितकालीन विद्यालय बन्द गरेर आन्दोलन गर्ने बताएका छन बिद्यालयनै बन्द गर्दा बालबालिकाको पढ्न पाउने मौलिक हकलाई कुण्ठित नगर्न बिभिन्न निकायले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (60%)
  • दुःखी (10%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (10%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?