२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

शितगंगा भित्र संचालित योजना अनुगमन पछि मात्र भुक्तानी दिईने ः प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्मा

विक्रम आचार्य शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको विनियोजित योजना का काम गुणस्तरिय भए नभएको अनुगमन निगमन गरेर मात्र भुक्तानी दिने भएको छ ।

सबै योजना अहिले कार्यन्ययन चरणमा छन् त्यसैले स्थानिय स्तरवाट पनि अनुगमन गर्नु पर्ने माग भै आएकोले सबै योजनाको गुणस्तरको अनुगमन गरेर भुक्तानी दिइने शितगंगा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्माले बताउनु भयो ।
साथै यस नगर भित्र भएका योजनाले निर्माण गर्ने संरचना दिगो टिकाउ र गुणस्तरिय हुदै शितगंगा सम्वृद्ध बनाउन जग बसोस भन्ने चाहाना रहेको अधिकृत शर्माको भनाई छ ।
सबै वडामा वडा अध्यक्षको नेतृत्वमा अनुगमन समिति बनेको छ सो समितीलाई परिचालिन गर्ने र आवश्यक ठाउमा नगरको अनुगमन समितिले अनुगमन गर्ने अधिकृत शर्माले बताउनु पर्‍यो ।

विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत विद्यालयको दिवा खाजामा जङ्ग फुड प्रयोग भयको जनगुनाशो आयकोले विद्यालयको हरेक क्षेत्रमा अनुगमन गर्ने पनि बताउनु भयो ।
योजनाका काम गुणस्तरिय नभएको शंका लागेमा नगरपालिकाको कार्यलयमा सम्पर्क गरि अनुगमनलाई सहज बनाउँदै विकाशलाई टेवा पुर्‍याउँदै सम्वृद्ध शितगंगा बनाउन संवैले हातेमालो गरेर अगाडी बढ्न शितगंगाका राजनितिक दल , संघ सस्था , वुद्धिजिवि र आम नागरिकमा अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?