अर्घाखाँचीको शितगंगा नगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ।
नियमित खोप अभियानअन्तर्गत नगरपालिकाका आधारभूत का कक्षा ६ मा अध्ययन गर्ने छात्राहरुलाइ खोप लगाउन लागपएको हो कक्षा सञ्चालन रहेका बिद्यालय र स्वास्थ्य संस्थासहित ४४ वटा खोप केन्द्र मार्फत यस वर्ष २८३ जना छात्रालाई एचपीभी खोप लगाउने तयारी गरिएको स्वास्थ्य शाखाका लक्ष्मण पौडेलले जानकारी दिनु भयो ।
पौडेलका अनुसार कक्षा ६ मा अध्ययनरत छात्राहरूलाई लक्षित गरी खोप लगाइनेछ। विद्यालय बाहिर रहेका लक्षित किशोरीहरूले भने नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्नेछन्।
शितगंगा नगरपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूलाई एचपीभी खोप लगाउने अभियान विगत दुई वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको स्वास्थ्य शाखाले जनाएको छ।
पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपीभी संक्रमणविरुद्ध खोप महत्वपूर्ण मानिन्छ। अभियानअन्तर्गत लक्षित सबै छात्रालाई तोकिएको खोप केन्द्रमा उपस्थित भई खोप लगाउन स्वास्थ्य शाखाले आग्रह गरेको छ।


