न्यूजपाना , शितगंगा
शितगंगा नगरपालिका छैठौँ अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती मावि सितापुर प्रथम भएको छ । पुस १९ गते शितगंगा नगरपालिकाको खेल मैदान शितगंगा १२ रजियामा सुरु भएको प्रतियोगितामा कुल ९ पदक सहित सरस्वती मावि प्रथम भएको हो । उक्त विद्यालयले ५ स्वर्ण, ३ रजत र १ कास्य प्राप्त गरेको गरेको छ ।
शितगंगा नगरपालिका ८ मा रहेको लापे मावि ३ स्वर्ण ,४ रजत र १ कास्य गरी कुल ८ पदक जितेर द्धितिय भएको छ भने ३ स्वर्ण, ३ रजत र २ कास्य गरि कुल ८ पदक सहित वडा न ९ मा रहेको पाँकुरी माविले तृतिय स्थान हासिल गरेको छ ।
शितगंगा नगरपालिकाको आयोजनामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस पालिका भित्र सञ्चालित १५ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । यस्तै मन्द्रे मावि शिनपा १ ले २ स्वर्ण , २ कास्य गरी ४ पदक हासील गरेको छ ,ज्योति मावि शिनपा ४ ले १ स्वर्ण , १ कास्य गरी २ पदक , सुधा मावि शिनापा ५ ले १ स्वर्ण , २ रजत,र ५ काास्य गरी ८ पदक ,हरी मावि शिनपा ५ ले २ स्वर्ण र २ रजत गरी जम्मा ४ पदक , शिवादह मावि शिनपा ६ ले स्वर्ण , १ रजत, २ कास्य गरी कुल ४ पदक , जनजागृति मावि शिनपा १० ले २ कास्य , सुवोधनी मावि ले १ रजत , धर्मोदय मावि शिनपा ११ ले ३ स्वर्ण , १ रजत गरी कसल ४ ओटा पदक , गौरा मावि शिनपा १२ ले ५ रजत ,४ कास्य गरी जम्मा ९ पदक , रिकोट मावि शिनपा १३ ले १ स्वर्ण , १ रजत, १ कास्य गरी ३ पदक , प्रभाकर मावि शिनपा १४ ले २ स्वर्ण , २ रजत, २ कास्य गरी जम्मा ६ पदक , पावर मावि ले १ स्वर्ण ,२ रजत, ३ कास्य गरी ६ पदक हासील गरेको छ । सरस्वती मावि सितापुरले लगातार तेस्रो पटक जित्दै शिल हात पारेको छ ।
छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सरस्वती मावि सितापुरलाई
प्रतिक्रिया