छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सरस्वती मावि सितापुरलाई

न्यूजपाना , शितगंगा
शितगंगा नगरपालिका छैठौँ अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती मावि सितापुर प्रथम भएको छ । पुस १९ गते शितगंगा नगरपालिकाको खेल मैदान शितगंगा १२ रजियामा सुरु भएको प्रतियोगितामा कुल ९ पदक सहित सरस्वती मावि प्रथम भएको हो । उक्त विद्यालयले ५ स्वर्ण, ३ रजत र १ कास्य प्राप्त गरेको गरेको छ ।

शितगंगा नगरपालिका ८ मा रहेको लापे मावि ३ स्वर्ण ,४ रजत र १ कास्य गरी कुल ८ पदक जितेर द्धितिय भएको छ भने ३ स्वर्ण, ३ रजत र २ कास्य गरि कुल ८ पदक सहित वडा न ९ मा रहेको पाँकुरी माविले तृतिय स्थान हासिल गरेको छ ।

शितगंगा नगरपालिकाको आयोजनामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस पालिका भित्र सञ्चालित १५ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । यस्तै मन्द्रे मावि शिनपा १ ले २ स्वर्ण , २ कास्य गरी ४ पदक हासील गरेको छ ,ज्योति मावि शिनपा ४ ले १ स्वर्ण , १ कास्य गरी २ पदक , सुधा मावि शिनापा ५ ले १ स्वर्ण , २ रजत,र ५ काास्य गरी ८ पदक ,हरी मावि शिनपा ५ ले २ स्वर्ण र २ रजत गरी जम्मा ४ पदक , शिवादह मावि शिनपा ६ ले स्वर्ण , १ रजत, २ कास्य गरी कुल ४ पदक , जनजागृति मावि शिनपा १० ले २ कास्य , सुवोधनी मावि ले १ रजत , धर्मोदय मावि शिनपा ११ ले ३ स्वर्ण , १ रजत गरी कसल ४ ओटा पदक , गौरा मावि शिनपा १२ ले ५ रजत ,४ कास्य गरी जम्मा ९ पदक , रिकोट मावि शिनपा १३ ले १ स्वर्ण , १ रजत, १ कास्य गरी ३ पदक , प्रभाकर मावि शिनपा १४ ले २ स्वर्ण , २ रजत, २ कास्य गरी जम्मा ६ पदक , पावर मावि ले १ स्वर्ण ,२ रजत, ३ कास्य गरी ६ पदक हासील गरेको छ । सरस्वती मावि सितापुरले लगातार तेस्रो पटक जित्दै शिल हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?