२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

स्थानियतह लाई दुख दिने डिएफओ को सरुवा

कपिलबस्तुको शिबराजमा रहेको गौतमबुद्ध डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीलाई मुख्यमन्त्री कार्यालय तानिएको छ । प्रदेश सरकारको मातहतमा रहेको डिभिजन बन कार्यालयका प्रमुख रहेका क्षेत्रीले शिबराज नगरपालिका र शितगंगा नगरपालिका सिमा बिवाद रहेको भन्दै जनप्रतिनिधहरुलाई बिबादित गर्ने काम गरेका थिए ।

साथै उनले कानुन बिपरित शिबराज नगरपालिकाका खोलाहरु डेण्डर प्रकृयामा जान रोकेर नगरपालिकाको राजस्व संकलनमा समेत बाधा पुराएको आरोप उनि माथी छ । अर्घाखाँची कपिलबस्तुको एकै खोलामा फरक फरक नियम लागु हुने भाष्य निमार्ण गरेर क्षेत्रीले स्थानिय तहलाई नै असहयोग गरिरहेका थिए ।

केही दिन अघि जिल्ला समन्वय समिति कपिलबस्तुमा दुबै जिल्लाका प्रमुख सहितको बैठकमा समेत उनिमाथी धेरै आरोप लागेका थिए । अर्घाखाँचकिो बन कानुन र कपिलबस्तुको बन कानुननै फरक भए जस्तो ब्यवहार गरेको उनि माथ आरोप लगाइएको थियो । अर्घाखाँचीका खोलाहरु बन सहितको अनुगमन पछि कानुन अनुसार नै ठेक्का प्रकृयामा पुगेको छ तर सोहि कानुन बमोजिम नै क्षेत्रीले भने शिबराजका सबै खोला रोकेका थिए ।

नियम अनसार बन क्षेत्रमा खोलाले बस्ती, खेतपाती,बन क्षेत्रमा नकारात्मक असर पार्ने पुगेका समुचित ब्यवस्थापन गर्न भनिएको छ तर कपिलबस्तुको क्षेत्रमा कुनै बस्तीलाइ तथा खेती असर गर्ने सम्भावनानै नहुँदा पनि उनले शत्तिको दुरुपयोग गदै खोला रोकेर नगरपालिकालाई असहयोग गरेका थिए । कपिलबस्तुमा रहेका खोलाले कुनैधार परिर्वतन गर्ने, खोलामै नदिजन्य पदार्थ थुपार्ने समस्या नै नभए पनि डिएफओ क्षेत्रीले सबै खोलामा रोक लगाएका थिए ।

बनलाई नदिजन्य ब्यवस्थापन गर्न सक्ने कानुन रहे पनि उनले अहिले सम्म शिबराजका कुनै खोलाबाट राजस्व संकलनको काम गर्न सकेका छैन्न गत बर्ष हरुमा ति खोला बाट शिबराजले ८ करोड भन्दा बढी राजस्व संकलन गर्दै आएको थियो ।

शिबराज नगरपालिकाका मेयर अजय थापाले एकै बन क्षेत्रमा पर्ने अर्घाखाँचीको खोला ठेक्का हुने तर कपिलबस्तुको ठेक्का डिएफओ ले रोक्नुमा प्रदेश सरकारका मुख्यमन्त्रीले अर्घाखाँचीको भएका कारण काम गर्न निर्देशन दिएको तर कपिलबस्तुमा काम गर्न निर्देशन नगरेको भन्दै २ जिल्लामा डिएफओको फरक फरक कानुन भएको भन्दै कपिलबस्तुको ठेक्का नलाग्दा सम्म अर्घाखाँचीको नदि जन्यबस्तु निकासीमा रोक लगाउने बताउदै आउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (40%)
  • अचम्मित (40%)
  • हाँस्यास्पद (20%)
  • दुःखी (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

यी हुन शुशिला कार्की प्रधानन्याधिस हुँदा गरेको प्रमुख काम

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?