शितगंगाको सितापुरमा माटोको ढिस्कोले पुरेर एक जनाको मृत्यु

शितगंगा नगरपालिका वाड न ।२ सितापुर सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर एकजना महिलाको मृत्यु भएको छ भने एक जना महिला घाईते भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिनु भएको छ ।
घाइते महिलाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार गरि भैरहवा रिफर गरिएको छ । मृत्य हुनेमा शितगंगा २ झिर्रा निवासी ४० वर्षिय सारदा अधिकारी रहेको प्रहरीले जनाएको छ । सवलाई अहिले पोष्टमाट्मका लागि ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । माटो खन्नका लागि बिभिन्न 11 महिला सो स्थानमा पुगेका थिए खन्ने क्रममा माटो खस्न थाले पछि केही महिला बाहिर निस्किएका थिए भने २ जना निस्कने क्रममै माथीबाट माटोको ढिस्को खसेको थियो । माटोले एक महिलालाई पुर्ण रुपमा र एक महिलालाई कम्बर देखि तल पुरिएको थियो । स्थानियहरु पुगेर उनिहरुको उद्धार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?