महोत्सवको तयारीमा जुट्यो चन्द्रौटा उद्योग बाणिज्य संघ

न्युजपाना,

कपिलवस्तुको चन्द्रौटामा यही पौष १३ गते देखि २४ गते सम्म सन्चालन हुने आठौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव- २०८० तयारी सुरु भएको छ । उद्योग बाणिज्य संघ चन्द्रौटाको आयोजनामा हुन लागेको महोत्सव लाई सफल बनाउन आयोजक संस्था चन्द्रौटा उद्योग वाणिज्य संघले आज सर्वपक्षीय अन्तरक्रिया सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रियामा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जमसेर अली मिया, सुरक्षा निकायका प्रतिनिधि लगायत, वडा तहका जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय ब्यापारी, शिक्षक , पत्रकार लगायतको प्रतिनिधित्व रहेको थियो ।

सबैको राय लिएपछि चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पाण्डेले विगतका महोत्सवको अनुभव र सहभागी बाट प्राप्त राय लाई समेटेर ८ औं चन्द्रौटा महोत्सव सन्चालन गरीने प्रतिबद्धता व्यक्त गर्दै, ज्येष्ठ नागरिक, अपाङ्ग लाई प्रवेशमा सहुलियत, स्थानीय व्यापारी लाई स्टल शुल्कमा केही प्रतिशत छुट, कृषिजन्य स्थानी उपज तरकारी लाई विक्रीका लागि निशुल्क स्टल प्रदान गर्ने योजनामा आफु रहेको र संस्थाको बैठक वाट छुटका विषयमा औपचारिक निर्णय गरीने बताउदै महोत्सव सफल पार्न सबै तह तप्का बाट रचनात्मक सहयोग हुनेमा विश्वस्त रहेको धारणा राख्नुभयो । कार्यक्रम संस्थाका अध्यक्ष इश्वरीप्रसाद पाण्डेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता र महासचिव राजकुमार यदा क्षेत्रीको सन्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?