शितगंगामा एक महिने ढाका कपडा बुनाइ स्तरउन्नति तालिम सम्पन्न

न्यूजपाना ,शितगंगा

एक महिने ढाका कपडा बुनाइ स्तरउन्नति तालिम सम्पन्न भएको छ । शितगंगा नगरपालिकाको आयोजनमा गत बर्ष ३ महिने तालिम लिएका महिलाहरुलाइ स्तरउन्नति तालिम प्रदान गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै उपमेयर गीता भाटले सबै महिलाहरुलाइ नगरपालिकाको लगानी अनुसार आत्मनिर्भर हुन अनुरोध गर्नु भयो । तालिम सिके पछि आम्दानी सँग जोडिएर आत्मनिर्भर हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा शितगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारी ,वडा न.४ का वडा अध्यक्ष दामोदर अधिकारी लगायतको उपस्थिति रहेको थियो । सहभागिहरुले तालिम उपलब्धि मुलक रहेको बताउदै उत्पादनमा केन्द्रित हुने प्रतिवद्धता गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?