न्यूजपाना,शितगंगा
शितगंगा नगरपालिकाका कृषकहले उत्पादन गरेका कृषी उपजहरुको बजारीकरणका लागी कृषि उपज संकलन केन्द्र सञ्चालनमा आएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि शितगंगा ४ अमराईमा संकलन केन्द्रको नगर प्रमुख छबिलाल पौडेलले उद्धाघाटन गर्नु भएको हो
नगरपालिकाको सहयोग तथा आधारशिला साना किसान कृषी सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालन हुने गरी कृषी उपज संकलन केन्द्रमा किसानहरुले उत्पादन गरेका कृषि उपज बजार मूल्य अनुसार खरिद गर्ने छ । किसानले उत्पादन गरेका सबै सामाग्री खरिद गरिने भएकोले उत्पादनमा जोड दिन नगरप्रमुख छबिलाल पौडेलले अनुरोध गर्नुदभयो ।
कार्यक्रममा बोल्दै बुटवल थोक बहार सञ्चालन समितिका अध्यक्ष धनश्याम भुसालले शितगंगामा उत्पादन भएका सबै तरकारी बिक्रि नभएमा बुटवलले खरिद गरिदिने बताउनु भयो। पछिल्लो समय पहाडका उत्पादनको माग समेत बढेकोले उत्पादनको उचित मूल्य र बजारिकरणमा सहयोग गर्ने बताउनु भयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले नगरपालिकाले महत्वपूर्ण योजनाको रुपमा यसलाइ लिएकोले सकृय भएर काम गर्न सहकारी लाई अनुरोध गर्नु भयो। अन्य पालिकामा भएका अभ्यासहरुलाइ हेर्दै सफलकाम गर्न अनुरोध गर्नु भयो ।
यस्तै नगर उपमेयर गीता भाटले महिलाहरुलाइ मुख्य जिम्मेवारी दिएकोले सबै किसानको चित्त बुझ्ने गरि कामगर्न अनुरोध गर्नु भयो। उत्पादनमा आधारित अनुदानमा नगरपालिकाले हरेक बर्ष रकम दिने गरे पनि उत्पादन वृद्धिमा उपलब्ध नभएकोले पनि अब बिक्रि र समर्थनमुल्यमा नगरले अनुदान दिने बताउनु भयो । किसनाले उत्पादन गरेको सामाग्रीधेरै भएको स्थानमा ढुवानी समेत गरिदिने भाटले बताउनु भयो ।
यस्तै नगर प्रमुख छबिलाल पौडेलले नगरपालिकाका किसान हरुका लागि महत्वपूर्ण दिन रहेकोले यसको भरपुर फाइदा लिन किसानलाइ अनुरोध गर्नुभvयो । अनुदानमा भएका दुरुपयोग समेतयसले न्युनिकरण गर्नेमा आसावादी रहेको उहाले बताउनु भयो । यहाँको संकलन केन्द्रको प्रगतिको आधारमा सबै वडामा समेत संकलन केन्द्र खोल्नसकिने बताउदै कुनै किसानको उत्पादन अब खेर फाल्नु नपर्ने बताउनु भयो ।
video width=”640″ height=”304″ mp4=”https://newspana.com/wp-content/uploads/2024/06/447997296_7647154558697505_1548714851474257392_n.mp4″][/video]