२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

देशकै ठुलो नगरपालिकामा प्रसस्त प्रर्यटनको सम्भावना : श्रेष्ठ

न्युजपाना अर्घाखाँची
राष्ट्रिय स्वतन्त्र पाटीका सांसद तथा संसदिय दलका उपनेता विराजभत्त श्रेष्ठले अर्घाखाँचीमा प्रसस्त प्रयटन बिस्तारको सम्भावना रहेको बताउनु भएको छ । शितगंगा नगरपालिकामा भएको कार्यक्रममा देशकै ठुलो नगरपालिका भएकोले शितगंगाको बनजंगलको ठुलो क्षेत्र ,पतञ्जलीको जन्मभुमी रहेको स्थल तथा प्राकृतिक स्रोत रहेकोले यसको प्रवद्धन गरेमा छिमिके राष्ट्रबाट समेत प्रर्यटक भित्राउन सजिलो हुने बताउनु भयो ।

उहाँले शितगंगाका नगरपालिकाका जनप्रतिनिधीलाई समेत राजनितिक बिचार भन्दा माथी उठेर यहाँको शिक्षा स्वास्थमा सकारात्मक काम गर्न अनुरोध गर्दै अर्घाखाँचीमा नआएकाहरुलाई एक पटक अर्घाखाँची घुम्न आउन अनुरोध गर्नु भयो ।
यस्तै शिक्षा ऐनको बारेमा पाटीको धारणको बिषयमा राखेको जिज्ञासामा शिक्ष ऐनको मात्र कुरा नभएर निति निमार्णकै क्रममा सरोकारवाला सँग छलफल नहुने भएकोले निति बनाउँदा बिद्यार्थीको हकहितलाइ सुरक्षित गर्ने गरि शिक्षाऐन आउनु पर्ने बताउदै आबश्यकताको आधारमा निति निमार्ण गर्नुपर्ने बताउनु भयो । अन्य निति बनाउदा सोत सरोकारवाला पक्ष सँगको सुझाव र छलफल बिनाको निति पुर्ण हुन नसक्ने बताउनु भयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (73%)
  • दुःखी (0%)
  • अचम्मित (18%)
  • हाँस्यास्पद (9%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?