नेपालले माल्दिभ्सलाइ दियो २१३ रनको लक्ष्य

नेपालले १९ औं एसियाली खेलकुद एसियाडमा माल्दिभ्सविरुद्धको खेलमा नेपालले २१३ रनको लक्ष्य दिएको छ । माल्दिभ्सलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो । । नेपालका ओपनर कुशल भुर्तेल ३५ भए ,गुल्सन झा ले ३५ ,बिनोद भण्डारी १३ ,आसिफ शेख ६ कुशल मल्ल ४५ रन रोहित पौडेल ५१ दिपेन्द्रसिह एरि ६ रन र सोमपाल कामीले २ रन बनाए ।
यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

नेपाली कांग्रेसको (देउवा)  गुल्मीमा जिल्ला अधिवेशन कात्तिक २० गते

छुटाउनुभयो कि ?