शितगंगा महोत्सवमा जेष्ठनागरिकलाइ निशुल्क प्रबेस  र हरेक दिन १ जनालाइ सम्मान

सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८२ तयारी तिव्र पारिएको छ । शितगंगा उद्योग वाणिज्य संघको आयोजना तथा नमस्ते अर्घाखाँची समाजको सहआयोजनामा हुने महोत्सवका लागि प्रचार प्रसार तथा स्थल निर्माणको काम धमाधम भइरहेको छ  ।

पौष ९ गते देखि २१ गते सम्म संचालन हुने उक्त महोत्सवमा उक्त महोत्सवमा १ सय बढि स्टल निर्माण भइरहेका छन भने बालउद्यानका सामाग्रीमा अहिले सम्मकै फरकपन दिइएको मेलाका निर्देशक सुशील केसीफे बताउनु भयो ।
महोत्सवमा चर्चित तथा स्थानिय दर्शकको माग अनुसारका कलाकारलाइ प्राथमिकता  दिइने निर्देशक केसीले बताउनु भयो । महोत्सवमा यश पटक रु १०० को टिकट रहने उद्योग  बाणिज्य  सैघका महासचिव  डिल बहादुर गुरुङले जानकारी दिनु भयो साथै ७० बर्ष माथीका जेष्ठ  नागरिकले निशुल्क प्रबेसको ब्यवस्था रहने गुरुङले बताउनु भयो ।
यस्तै महोत्सवलाई आकर्षक बनाउन अर्घाखाँचीमै पहिलो पटक स्टिमर डुंगाको मजा जिल्लाबासीले लिन पाउने उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष अर्जुन बुढा मगरले बताउनु भयो । विश्व सिमसार क्षेत्र जंगदिसपुरको स्टिमर डुँगाको मजा डमरु दहमा हुने बुढा मगरले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?