२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

दादुरा रुवेला खोप अभियान शितगंगामा सुभारम्भ

विक्रम आचार्य शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ले दादुरा रुवेला खोप अभियान २०८० र ०८१ को शितगंगा ५ को हरि मा वि मा रहेको खोप केन्द्र वाट सुभारम्भ गरियको छ ।

शितगंगा नगरपालिका भित्र ८८ खोप केन्द्र मार्फत ३०७५ जना वालवालिका लाई १३ गते देखि १७ गते सम्ममा खोप लगाईने लक्ष्य लियको शितगंगा स्वास्थ्य शाखा सह संयोजक लक्ष्मण पौडेलले जानकारी दिनु भयो ।

कार्यक्रम शितगंगा वडा नं । ५ का का.वा अध्यक्ष दामोदर न्योपानेको अध्यक्षता नगर प्रमुख छविलाल पौडेलको प्रमुख आथिथ्यता प्रमुख प्रसासकिय प्रमुख अर्जुन शर्माको विशिष्ठ आथिश्यता स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालको विशेष आथिथ्यता साथै अविभावको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख छविलाल पौडेलले शितगंगा ५ की अनिता वि।क को ४ वर्षिय छोरी आयुशा विक लाई काखमा राखि स्वास्थ्य कर्मि मार्फत् खोपको सुभारम्भ गर्नुभयो खोप वालवालिकाको नैसर्विक अधिकार रहेकोले यसलाई कार्यन्ययन गर्न नगरपालिका र नगर प्रमुख प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नु भएको छ ।

साथै विशिष्ठ अथिति प्रमुख प्रसासकिय प्रमुख अर्जुन शर्माले राज्यले खोप को माध्यम मार्फत स्वास्थ्यमा लगानी गरेको छ बच्चा बच्ची नागरिक स्वस्थ्य रहेमा देश नै स्वस्थ्य रहने भएकाले देशलाई स्वस्थ्य सवल बनाउन खोपमा जोड दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा यस अभियानको औचित्व महत्वको बारेमा स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले प्रकाश पार्नु भयको थियो ।

कार्यक्रमको समापन गर्दै कावा अध्यक्ष दामोदर न्योपानेले गाउ टोलमा रहेका छुटेका सबै वालवालिका लाई खोप केन्द्रमा लगि खोप वाट बच्चीत हुन नदिन आफुले सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रम स्वास्थ्य साखा सह संयोजक लक्ष्मण पौडेलको संचालनमा सुभारम्भ कायक्रम सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?