शितगंगा ६ मा वडा स्तरिय भलिवल प्रतियोगित सुरु

विक्रम आचार्य शितगंगा /अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं . ६ को आयोजनामा वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता तथा खेलकुद सामाग्री वितरण कार्यक्रम शितगंगा ६ को सानाढुङ्ग्रे खेल मैदानमा सुरु भएको छ ।
शितगंगा ६ का वडा अध्यक्ष ऋषि रेश्मीको अध्यक्षता रहेको कार्यक्रममा वडा नं . ७ का वडा अध्यक्ष देविराम घिमिरेको प्रमुख आथिथ्यता रहेको थियो कार्यपालिका सदस्य कमला परियार वडा सदस्य सूर्य सारु , कमल ज्ञवाली , कुशुम थापा श्री सिद्धार्थ आ वि का प्रअ नेत्र पोख्रेल समाजसेवी व्यक्तित्व मणि अधिकारी युवा व्यक्तित्व कृष्ण सारु , रोशन भुसाल , प्रकाश आचार्य , सन्दिप दर्लामी , भुपाल सारु श्री सिद्धार्थ आवि का शिक्षक कान्त विश्वकर्मा , दिनेश पाण्डे समाजसेवी ढुन बहादुर गाहा लगायत सुरक्षा कर्मि पत्रकार खेल प्रेमि युवाको उल्लेख्य उपस्थिती रहेको थियो ।

स्वास्थको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने मुल नराका साथ शितगंगा नगरपालिका वडा न ६ को आयोजनामा युवा लक्षित कार्यक्रम अन्तरगत भलिबल प्रतियोगिता तथा खेलकुद कार्यक्रममा ११टिमले सहभागिता जनाएको वडा सचिव हिमाल भुसालले जानकारी लिनु भयो ।

प्रतियोगिता उद्धघाटन कार्यक्रममा प्रमुख अथिती वडा नं . ७ अध्यक्ष देविराम घिमिरेले प्रमुख रेफ्री जिल्ला रेफ्री भरत पुन , संजय वि.क लाई भलिवल हस्तारण गर्दै उद्धघाटन गर्नु भयो ।

उद्धघाटन कार्यक्रम वडा सदस्य सूर्य सारु को स्वागत मन्तव्य र वडा सचिव हिमाल भुसालको सञ्चालनमा सम्पन्न भएको छ भने खेल भोली जेठ २३ गते समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?