आज नागपञ्चमी घरमा नाग टाँस्ने दिन

 

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज विशेष उत्साहका साथ मनाइँदैछ। यो पर्वका अवसरमा, घरका मूलढोकामा नागको तस्वीर टाँसिने र पूजार्चना गरिने परंपरा छ। यसरी नागको पूजा गर्दा घरका नाग, सर्प, र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास गरिएको छ।

वैदिक कालदेखि नै नाग पूजाको प्रचलन रहेको छ। नागलाई सर्पको राजा मानिन्छ र नाग रिसाए पानीको अभाव हुने विश्वासमा आधारित भएर पनि पूजा गर्ने परंपरा छ। वराहपुराणमा उल्लेख भएअनुसार, यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकोले आजको दिन नागपूजाका लागि विशेष मानिन्छ।

नागपञ्चमीको अवसरमा नेपालभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष पूजा गरेर गाईको दूध, अक्षता, दूबो, खीर, र रोटीलाई प्रसादको रूपमा चढाउने गरिन्छ। यस अवसरमा काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत स्थानमा विशेष पूजा गरिन्छ।

सनातन धर्म अनुसार, भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णुले जलमाथि शेषनागको शय्यामा शयन गर्ने भएकाले दुवैलाई नागका रुपमा मानिन्छ। श्रीकृष्णको कालीनागको दमनको प्रसङ्ग र विष्णुको नवौँ अवतारका रुपमा जन्मेका बुद्धको मूर्तिको शिरमा सर्पको मुकुटका रूपमा भएका साक्ष्यले नागको महत्वलाई पुष्टि गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?