२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

शितगंगामा बिकासमा वामपन्थी सहकार्य तथा एकता अभियान

 

विक्रम आचार्य शितगंगा
समग्र शितगंगाको बिकासमा यहाँका राजनितिक दलहरु एक हुनु पर्ने बेला आएको कार्यक्रमका बत्ताहरुले बताएका छन । यस क्षेत्रका बामपँथी तथा अन्य दल समेत बिकासमा एकतावद्धहुनु पर्नेमा बत्ताहरुले जोड दिएका छन ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका स्तरिय २०८० को चाडपर्व को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयको छ ।

ूशितगंगा सम्वृद्धका लागि हाम्रो सहकार्य र एकता भन्ने मुल नारा सहित सुरु भएको महा अभियानको कार्यसमितिको आययोजनामा भएको चियापानमा विभिन्न पार्टिका पार्टि प्रतिनिधी , जनप्रतिनिधी , शिक्षक, सहकारी प्रतिनिधी , पत्रकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा २०८० को चार्डपर्व विजया दशमि , शुभ दिपावली , नेपाल संवत , छडको शुभकामना , तथा भित्रे पात्रो विमोचन एवं २०४९ देखि २०७९ सम्मको दक्षिण खाचिवाट निर्वाचित जनप्रतिनिधी हरुको जीवन्त इतिहासको लागि तस्विर संकलन कार्यक्रम तथा चियापान कार्यक्रम सम्पन्न गरियको थियो ।
शुभकामना मन्त्वय राख्ने अधिकांश वक्ता हरुले शुभकामना दिदै यो कार्यक्रम ऐतिहासिक र थप सफलताको शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा करिव १५० जनाको उपस्थितीमा सम्पन्न भएको थियो ।


कार्यक्रम वाम सहकार्य तथा एकता अभियान संयोजक कासि आचार्यको अध्यक्ष्ता वामपन्थी नेता तथा एमाले नेता अंमर न्योपानेको प्रमुख आथिथ्यता वामपन्थी नेता पिताम्बर सारु  नगर प्रमुख छबिलाल पौडेल , पुर्व मेयर सुर्य प्रसाद अधिकारी , बिभिन्न वडाका वडा अध्यक्षहरु , नेकपा मालेका केदार बेल्बासे , बिभिन्न बिद्यालयका शिक्षकहरु नेकपा एमालेका लोकनाथ खनाल,  रास्वपाका नेता कमल पौडेल,जनमोर्चाका गोबिन्द थापा राष्ट्रिय जनमुत्ती पाटीका मधु सारु लगायत बिभिन्न ब्यत्तिहरुको सहभागिता रहेको  कार्यक्रममा सचिव मणि अधिकारी संचालन वामपन्थी नेता नारायण बेल्वासेको स्वागत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?