चन्द्रौटा महोत्सवमा बिद्यालय स्तरिय नृत्य प्रतियोगिता हुने

आठौ चन्द्रौटा महोत्सवको तयारी तिब्र रुपमा अगाडि बढेको छ अहिले महोत्सवमा स्टल निर्माण ,आकर्षक गेट, बालउद्यानको काक अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष एवम चन्द्रौटा उधोग बाणिज्य सघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले बताउनुभएको छ । महोत्सवमा धार्मिक स्थल शिवगढि मन्दिर आकृतिको मुल गेट र मायादेवि मन्दिर आकृतिको सचिवालय निर्माण गर्न लागिएको छ । महोत्सवमा बाल उधान , स्टल र स्टेज निर्माण पनि तिब्र गतिमा अगाडि बढेको अध्यक्ष पाण्डेले बताउनुभयो । महोत्सव पौष १३ गते देखि २४ सम्म चन्द्रौटामा हुदैछ । महोत्सवमा बिद्यालय स्तरिय नृत्य प्रतियोगिता समेत हुन लागेको छ । निजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थी सहभागि हुने गरि बिभिन्न कार्यक्रमको तयारि गरिएको छ । महोत्सवमा उत्कृष्ट झाकिलाइ सम्मान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?