गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न

गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश योजना आयोग सदस्य सरोज खनालको प्रमुख आथित्यता, शितगंगा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेको विशेष आथित्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट बचतकर्ता साथै सबै भन्दा धेरै खसी बोका बेच्ने किषान लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट रहने महिला शेयर सदस्यहरु र जेहेन्दार विद्यार्थीहरुलाइ सम्मान समेत गरिएको थियो ।

सहकारीकी अध्यक्ष सिता लामिछानेको अध्यक्षता,कोषाध्यक्ष सिता बेल्बासेको स्वागत तथा व्यवस्थापक कृष्णा दर्लामी रेस्मिको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न समुहका प्रतिनिधि, सहकारीका कर्मचारी, विभिन्न विद्यालयका प्रतिनिधि, सामुदायिक बनका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?