शितगंगा नगरपालिका वडा नम्बर ४ ले एसइइ दिएका छात्राहरुलाई निशुल्क कम्प्युटर तालिम

न्युजपाना जेठ ३ /शितगंगा नगरपालिका वडा नम्बर ४ ले एसइइ दिएर बसेका छात्राहरुका लागि ४५ दिने निशुल्क बेसिक कम्प्युटर तालिम सञ्चालन गरेको छ । वडाको योजनामा वडा नम्बर ४ मा एसइइ दिएर बसेका २० जना छात्राहरु तलिममा सहभागि हुने वडा सचिव ऋषि भुसालले जानकारी दिनु भयो । उद्धघाटन समारोहमा बोल्दै ज्योती माबिमा प्राचार्य शंकर अर्यालले एसइइ दिएका सबै छात्राहरुलाई एसइइ पछि समेत ज्योती माबिमा ११ कक्षामा अतिरित्त कक्षाको रुपमा कम्प्युटर कक्षा हुने भएकोले यो तालिम महत्वपुर्ण हुने बताउनु भयो ।

शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले नगरपालिकाले लक्षित बर्गका लागि बिनियोजन गर्ने बजेट अन्तरगत यो कार्यक्रम सञ्चालन गरिएकोले सबै सहभागीहरुले सकृयरुपमा तालिम लिन अनुरोध गर्नु भयो । यस्तै नगरप्रमुख छबिलाल पौडेलले पछिल्लो समय कमप्युटर शिक्षा बिनाको शिक्षा अधुरो रहेकोले यस्ता कार्यक्रमम सबै वडामा सञ्चालन गर्न सक्नु पर्ने बताउनु भयो । वडा अध्यक्ष दामोदर अधिकारीले वडा सदस्यहरुको प्रस्तावमा यो तालिमको सञ्चालन गरिएको बताउदै आगामी दिनमा समेत बिद्यार्थीहरु लाभाम्बित हुने खालका कार्यक्रम वडाले सञ्चालन गर्ने बताउनु भयो । कार्यक्रममा वडा सदस्य युवराज बेल्बासे , गंगा थापा, लक्ष्मी सुनार लगायतको उपस्थिती रहेको थियो । तालिममा ज्योती माबिले कम्युटर ल्याव उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?