शितगंगा नगरपालिकामा   समुदायमा आधारित सरसफाई अभियान सुरु

अराज बेल्बासे भदौ १६ अर्घाखाँची
अर्घाखाँचीको शितगंगा नगरपालिकाले कार्यपालिका बैठक सम्पन्न गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाका अनुसार बैठकले आवश्यक कर्मचारी लोकसेवामार्फत माग गर्ने, योजना कार्यान्वयन प्रभावकारी रूपमा सञ्चालन गर्ने, नियमित सार्वजनिक सुनुवाइ गर्ने र कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीबीच समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले समुदायमा आधारिता सरसफाइ समुदाय जागरण अभियान सञ्चालन गर्ने योजना अघि सारेको छ । यस अन्तर्गत घरआँगन सरसफाइ, सडक सफा टोल गठन, हरेक हप्ता सामूहिक सरसफाइ, विद्यालयसँग सहकार्य, धा सार्वजनिक चौक सफा गर्ने,जस्ता कार्यक्रम सञ्चालन  ।

त्यस्तै विद्यालय, बालबालिका र युवाको सक्रिय सहभागिता, सरसफाइसम्बन्धी प्रतियोगिता, उत्कृष्ट टोल र विद्यालयलाई पुरस्कार, नियमित मूल्यांकन र नयाँ योजना निर्माण जस्ता कार्य सञ्चालन  गर्ने र सबै लाई सहभागी  हुन समेत नगरले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?