२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

शितगंगा नगरपालिकाले मनसुनजन्य विपद् प्रतिकार्य निर्माण गर्दै

न्यूजपाना ,शितगंगा

शितगंगा नगरपालिकाले मनसुनजन्य विपत प्रतिकार्य योजना निर्माणका लागि छलफल गरेको छ । नगरपालिकाको नगर बिपत समिति, राजनितीक दलका प्रतिनिधि ,जनप्रतिनिधिहरुले नगर स्तरिय विपत प्रतिकार्य योजनाका बारे छलफल गरेका हुन । यस वर्षको मनसुन भित्रिने समय भएको र गतबर्ष भन्दा बढि पानी पर्ने सम्भावना समेत रहेकोले शितगंगा नगरपालिकाले विपतको पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनु भयो ।जिल्ला बिपत समितिमा पठाउने गरी छलफल गरिएको हो छलफलमा सहभागिहरुले शितगंगा नगरपालिकामा सम्भावना रहेको जोखिम र त्यसबाट वच्न सक्ने पुर्व तयारीका बारेमा जानकारी गराएका थिए ।

शितगंगा नगरपालिकामा करिव एक सय घरमा मनसुन जन्य विपतबाट घरहरुमा पुर्ण क्षति हुने अनुमान गरिएको छ भने आशिंक रुपमा दुई सय बढि घरमा क्षतिहुने अनुमानका साथ पुर्व तयारी र उद्धारका सम्भाबित क्षेत्रको बारेमा टिपोट गरिएको छ । साथै दश ओटा स्कुलमा , दर्जनौ सडक हरुमा क्षतिहुने अनुमान नगरपालिकाले विपत प्रतिकार्ययोजनामा राखेको छ । नगरपालिकाले उद्धार राहत मा सहयोगी संस्थाहरु लाई समेत सहकार्य गराएर कम क्षतिहुने र समयमै राहत पाउने गरि खट्ने योजना तयार पारेको छ । कार्यक्रममा नगर प्रमुख छबिलाल पौडेल, उपमेयर गिता भाट वडा अध्यक्षहरु विभिन्न संघ सस्थाका प्रतिनिध हरुले विभिन्न सुझाव पेस गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?