अर्घाखाँची, शितगंगा — नेकपा एमाले शितगंगा नगरको दोस्रो ऐतिहासिक नगर अधिवेशन यही मिति २०८१ साल असोज १८ गते, ठाडाको डमरु दह स्थित सामुदायिक भवनमा सम्पन्न हुन गइरहेको छ। यस अधिवेशनलाई सफल र प्रभावकारी बनाउन आयोजक समितिले व्यापक तयारी गरिरहेको छ। नगर अधिवेशन संयोजक संजय रानाका अनुसार, अधिवेशनमा नगरका सम्पूर्ण पार्टी सदस्य, जनप्रतिनिधि, जनसंगठनका प्रतिनिधि, तथा पार्टीका शुभेच्छुकहरूको विशेष सहभागिता रहनेछ।
नगर अधिवेशनका लागि १४ वडाबाट १२० जना प्रतिनिधस् पाटी सदस्यताको आधारमा छनोट भएका छन । मिति नजिकिए सँगै आकाक्षीहरुले उमेदवारी रहने जानकारी गराइरहेका छन अहिले सम्मा हामीलाई प्राप्त जानकारी अनुसार अध्यक्षमा ३ जनाको दाबी छ संजय राना , तिलक अधिकारी र ज्योती आर्चाय यस्तै उपाध्यक्षमा चिरञ्जिब बेल्बासे र नवराज भुसाल सचिवमा माधव अधिकारी र हरि खनाल सहसचिवमा केशब बेल्बासे, देबिराम घिमिरे मान बहादुर नेपाली संदिप दलार्मी तथा अन्य उमेदवारहरु समेत बिभिन्न पदमा रहन सक्ने छन प्रतिनिधीहरुले इच्छा गरिएको पदमा उमेदवारी दिने छन बिभिन्न कलस्टरबाट उमेदवार हुने प्राब्धान अनुसार वडाबाट छनोट भएका अन्य प्रतिनिधीहरुले भोली नै घोषण तथा मनानयन गर्ने सम्भावना रहेको छ । महिला पदाधिकारी तथा सदस्यहरु सर्वसहमत चयहन हुने सम्भावना रहेको छ ।