न्युजपाना जेठ १
अर्घाखाँची । लुम्बिनी प्रदेशकी पुर्व सासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका अग्नि पीडितहरुलाई राहत वितरण गरिएको छ । गत चैत २४ गतेदेखि वैशाख २६ गते सम्म आगलागीबाट घरगोठ जलेर नष्ट भएका २६ घरपरिवारलाई खाद्यान्न,लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको हो ।पिडित परिवारलाई केही भएपनि राहत होस भनेर जनप्रतिनिधिहरुको रोवरमा उक्त सामग्री हस्तान्तरण गरिएको पुर्व सांसद क्षेत्रीले बताउनुभयो ।
भुमिकास्थान नगरपालिका वडा नम्बर १,५,३र ४,मालारानी गाउँपालिका वडा नम्बर ५,शितगंगा नगरपालिका वडा नम्बर ५,पाणिनी गाउँपालिका ३र ८र छत्रदेव गाउँपालिका ४ र ५ र सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा अग्नी पिडितको घरमा पुग्नुभएकी उहाँले घरबारविहिन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनु पर्ने बताउँदै आफ्नो तर्फबाट सुक्दो सहयोग आगामी दिनमा पनि गर्ने बताउनुभयो ।बिपत्तिको अबस्थामा सबै एकै ठाउँमा उभिएर समस्याको समाधान गर्नुपर्ने विषमा पनि जोड दिनुभएको थियो ।
नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोगमा उक्त राहत सामग्री जनप्रतिनिधिको समन्वयमा वितरण गरिएको हो ।
पुर्व सांसद क्षेत्रीको पहलमा २६ अग्नी पिडित परिवारलाई राहात हस्तान्तरण
प्रतिक्रिया