अब सहकारी संस्थाको दर्ता र शाखा विस्तारमा रोक

सरकारले सहकारी संस्थाको दर्ता र शाखा विस्तारमा रोक लगाएको छ। सहकारी क्षेत्रमा गम्भिर समस्या देखीएको भन्दै नयाँ सहकारी संस्था दर्ता र पूराना सहकारीको कार्यक्षेत्र विस्तारमा रोक लगाइएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सहकारी क्षेत्रका अतिरिक्त सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढेको भन्दै तत्कालका लागि यो निर्णय गरिएको उल्लेख गरेको छ।
यस क्षेत्रको समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्म संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी सस्थाको दर्ता, विस्तार स्वीकृतिमा गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय गरे बमोजिम रोक लगाइएको मन्त्रालयले जनाएको छ।

सहकारी संस्थाहरूले ठूलो बचत स्वीकार गर्ने र जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

कामना सेवा बिकास बैंक द्धारा मन्दिरमा  सरसफाइ 

0

कर्मचारी युनियनको आन्दोलनले निर्धन उत्थान लघुबित्तको कारोबार ठप्प ।

0

विपन्न दलित समुदाय समुदाय संग जनप्रतिनिधी अन्तक्रिया कार्यक्रम सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?