संघिय सरकार द्धारा अर्घाखाँचीका स्थानिय तहमा आगामी बर्ष ३ अर्व बजेट बिनियोजन

अराज बेल्बासे न्युजपाना / संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागी जिल्लाका ६ स्थानीय तहका लागि ३ अर्ब ४९ करोड ७ लाख विनियोजन गरेको हो । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागी जिल्लामा वित्तीय समानीकरण अनुदानतर्फ ६७ करोड सःशर्त अनुदानतर्फ २ अर्ब २८ करोड ७७ लाख, बिशेष अनुदान १ करोड ६० लाख र समपुरक अनुदान ३३ करोड ९० लाख विनियोजन गरेको हो । वित्तीय हस्तान्तरण मार्फत अर्घाखाँचीमा सबैभन्दा बढी सन्धिखर्क नगरपालिकाले रकम प्राप्त गरेको छ जसले ६२ करोड रकम प्राप्त गरेको छ । सबैभन्दा कम छत्रदेव गाउँपालिकाले कम रकम प्राप्त गरेको छ उसले ३८ करोड रकम प्राप्त गरेको छ । अन्तरसरकारी बित्तीय हस्तान्तरण अन्तर्गत शितगंगा नगरपालिकाका लागि सरकारले आगामी आवका लागि ६० करोड ४२ लाख विनियोजन गरेको छ ।अन्तरसरकारी बित्तीय हस्तान्तरण अन्तर्गत भुमिकास्थान नगरपालिकाका लागि सरकारले आगामी आवका लागि ४८ करोड ४० लाख विनियोजन गरेको छ ।मालारानी मायादेवी गाउँपालिकाका लागि सरकारले आगामी आवमा ४६ करोड ३८ लाख संघीय सरकारबाट प्राप्त गर्नेछ । यस्तै पाणिनी गाँउपालिकाले आगामी आवका लागि ४९ करोड १६ लाख बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

नेपाली कांग्रेसको (देउवा)  गुल्मीमा जिल्ला अधिवेशन कात्तिक २० गते

शितगंगामा बजार अनुगमन, कमजोरी सुधार गर्न निर्देशन

छुटाउनुभयो कि ?